Thursday, December 26, 2024
spot_imgspot_img
Homeसम्पादकियबिचारअबको_बिद्यार्थी_राजनीति_र _स्वबियुको_नेतृत्व

अबको_बिद्यार्थी_राजनीति_र _स्वबियुको_नेतृत्व

केशर जंग शाही।

लामो समय देखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन ।भर्खरै मात्र त्रिभुवन बिश्वबिद्धालयले स्वतन्त्र बिद्यार्थीको निर्वाचन(स्वबियु) चैत ५ गते गर्ने निर्णय गरेको छ।यस निर्यणलाई सबै बिद्यार्थी संगठनले स्वागत गरेका छ्न। सबै त्रिभुवन बिश्वबिद्धालय सन्तरगतका क्याम्पसहरुमा स्वबियु निर्वाचन आउदै गर्दा वा स्वबियु चुनाब हुने कुरा चल्दै गर्दा। यो कुरा स्मरण हुन जरुरी छ कि स्वबियु चुनावमा क्याम्पसमा नियमित अध्ययनरत बिद्यार्थीले मात्रै टिकट पाउनु पर्छ ।कि न कि ग्राउन्ड लेबलमा एउटाले संघर्ष गर्ने अनि अर्काले पैसा,पावर र घर छेउमा स्थानीय स्तरकै बिद्यार्थीले भएको भर्मा मात्रै टिकट पाउने पुरानै चलनचल्ति छ। जिल्ला कमीटि वा केन्द्रिय कमिटीका सदस्य भैसकेकाहरु क्याम्पस छोडेका अस्ताउदा तथा रिटायर्ड जीवन बिताउने नेताहरुको कारण आज नेपालको राजनीतिमा चेतनशिल बिबेकशिल युबाहरु पछाडी परेका छन।क्याम्पस छोडेका पावर पैसाको भरमा चुनाव जित्छ्न सभापतिको पदको प्रमाणपत्र पाएपछि त्यो क्याम्पसमा आफ्नो अनुहार समेत देखाउन नआउने प्रबृत्तिले गर्दा अब आउदै गरेको स्वबियु चुनावमा त्यो खालको बिकृती हामीमा हाबी नहोस। बिडम्बना त के छ भने हाम्रो देशमा राजनीतिको “र” नबुजेकाहरु पनि सासद हुँदै मन्त्री हुनाले आज हाम्रो देश परिवर्तन र बिकाश हुनसकेको छैन । त्यस कारणले पछी परेको छ। पैसा र पावर भए पछि केन्द्र बाट टिकट ल्याउने अनि मन्चमा उभिएर दुई चार मिनेट भाषण गर्दैमा नेता भैहाल्ने बड्दो प्रबृत्ति रोकियोस । नेपालको कुनै पनि कुना काब्चा बाट उच्च शिक्षा हासिल गर्न आएका बिद्यार्थी साथीहरू जति छ्न।हामी सबैले अबसर पाउनुपर्छ र सबै प्रतिस्पर्धामा आउनु पर्छ र चाहाना र इच्छा शक्तिभएकाहरुलाइ अगाडी बढ्न पाउनु पर्छ । स्वबियु निर्वाचनमा पैसा र पावरको बिद्यार्थी राजनिती हैन जो बैदिकता, क्षमता,जो अब्बल छ म बिद्यार्थी राजनीतिक गरेर यो देशको लागि केही गर्न चाहान्छु भन्ने सोच बोकेर अगाडि बढ्छ भने उसले ठाउँ पाउनु पर्छ । स्वबियु निर्वाचनमा उठ्ने उम्मेद्बारको हातमा कपि र कलम हुनुपर्ने उम्मेद्बारको हातमा चुरोट र बियरका बोतल किन? स्कुलमा,क्याम्पसमा हुनु पर्ने बिद्यार्थीहरु जुवातास, भट्टी पसल लागुओषध र केरेम्बोर्डमा झुन्डिएको देखिन्छन् किन ? अहिले पढ्ने लेख्ने बेलामा अनावश्यक रूपमा डुल्ने अनेक गरेर समय खेर फाल्छ्न किन? जो अहिलेको बिद्यार्थी भोलि यो देशका कर्णधार हुन हाम्रो भबिष्य हुन देश बिकास र समाज परिवर्तनको आधार हुन। हामिले हाम्रा बालबालिकाहरु लाई कस्तो शिक्षा दिइरहेका छै । कस्तो खाल्को सस्कार सिकाउने अनि कस्तो सस्कार सिकाइरहेका छौं ।भन्ने जानकारी सम्पुर्ण अभिभावक वा प्रत्येक छोराछोरीका आमाबुवा लाई जानकारि हुनु पर्छ ।२१औं शताब्दीमा आइपुग्दा पनि हामी भने कति पछाडी छौ ।किन कि हाम्रा कति बालबालिका शिक्षा लिन बाट बन्चित छ्न। कति बालबालिकाहरुले गरिबिको कारण पढ्न पाइरहेका छैनन्।कति बालबालिकाले सानैमा विभिन्न कारणले गर्दा आफ्नो आमाबुबा गुमाएका कारणले पढ्न पाएका छैनन् त ।धेरै बालबालिकाहरुले पारिवारिक समस्याको कारण आमाबुबा अशिक्षित भएका कारण , गरिबीका कारण पुरानो सोच बिचारको कारणले पनि पढ्न बाट बन्चित छ्न । भने कतिपयले घरपरिवार छोराछोरी बिभेदका कारण पनि शिक्षा लिनबाट बन्चित भएका छन् । यहाँ बालअधिकार आएर सुनिश्चित गरिदिनुस,मानबअधिकार यहाँ चाहिएको छ। जहाँ सम्पुर्ण बिद्यार्थीको हक ,अधिकार , गुणस्तरीय शिक्षा आवश्यक छ। भाषण र आश्वासन हैन मेहनत संघर्ष र लगाबने बन्छ देश अनि आउँछ परिवर्तन । विभेद पुर्ण ,सरकारि नीति अन्त्य होस , समानता पुर्ण व्यवहार होस गरिब पिछडिएका बर्गको लागि खुसी छाहोस। नेपाली राजनीति स्वबियु चुनाव पैसा कमाउने माध्यम , गुन्डागर्दी ,भष्टचार गर्ने माध्यम नबनोस । देश बिकास र समाज परिवर्तनको आधार बनोस शिक्षा क्षेत्रको बिक्रीती हटोस सम्पुर्ण बिद्यार्थीको उज्वल भबिष्य निर्माण गर्ने खालको होस । लामो समय देखि स्वबियु निर्वाचन नभए पछि कुनै एक पार्टिलाई मात्र घाट नभएर देशलाई ठूलो क्षती भएको छ। समयमै स्वबियुको निर्वाचन शान्ति पुर्ण तरिकाले सम्पन्न होस सबैलाइ शुभकामना छ।
हार्दिक अभिबादन!!!

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments