स्थानिय निर्वाचन २०७९को बाट कोहलपुर नगरपालिकामा उप-प्रमुखमा निर्वाचित संगिता सुवेदीले पुब उप मेयर सन्जु कुमारी चौधरी बाट बैंकक पुस्तिका बुझिलिई औपचारिक रूपमा एक कार्यक्रमका अन्तर्गत बुधबार पदभार ग्रहण गरेकी छन् ।
पदभार ग्रहण गर्दै सुवेदीले आफुहरुलाई कोहलपुरबासी जनताले विश्वास र विकासको आसा गरेर विजय गराएको बताइन् । त्यो विश्वास आफुले स्त्थानीय नागरिकले अनुभुती गर्ने गरेर काम गर्ने सुवेदीले बताईन् । एकल महिला , बालबालिका ,युवा युवतीहरुको लागी विशेष ध्यान दिने बताईन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले मेयर र उपमेयरका फरक फरक काम हुने भएकोले काम प्रति आफुहरु हरबखत तत्पर भएर जनताको काममा लाग्ने प्रतिवद्धता व्यक्तगरेका थिए ।
आचार्यले आफुहरु निर्वाचित भएर आएको केहि दिन भएकाले कामको चाप बढेको र केहि कामहरु थाति भएकाले काम सम्पन्न गर्नु पर्ने भएको बताए ।
आगामी वर्षको नीति तथा कार्यक्रम र यस आर्थिक वर्षको निर्माण भएका योजनाहरुको भुक्तानी दुबै विषयले आफुहरुलाई च्यापेको आचार्यले बताए । यस कारण पनि आफुहरु केहि दिन धेरै नै ब्यस्त हुनुपर्ने अवस्था आएको जानकारी गराए । यस समयलाई कोहलपुर बासीहरुले बुझदिनुपर्ने बताए । मेयर आचार्यले भने सपथ खाएकै दिन पदभार ग्रहण गरेका थिए ।