Sunday, December 8, 2024
spot_imgspot_img
Homeराष्ट्रियखजुराका१०४ किसानलाई पावर टेलर बितरण

खजुराका१०४ किसानलाई पावर टेलर बितरण

 

 

बैजनाथ समाचारदाता
खजुरा गाउँपालिका द्वारा सोमबार  १०४ जना किसानलाई पावर टेलर वितरण गरेेेको छ।खजुरा गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको हो।
खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य नभएका दुबै कृषक १०४ जनालाई आज गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर टिलर वितरण गरिएको हो ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाइ पावर टिलर संयुक्तरुपमा वितरण गरेका हुन्। उक्त अवसरमा बोल्दै पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउने बताए ।
उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको जानकारी दिए । कार्यक्रममा उपप्रमुख एकमाया विकले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गरिन । प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए । कृषि शाखा प्रमुख पुनम पोखरेलले कृषकको ५० प्रतिशत २६ हजार २५० र बाँकी पालिकाको लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको जानकारी दिनुु भयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments