बाँके जिल्लाको खजुरा गाउँपालिका द्वारा गत १७ गते शुक्रबार आयोजना गरिएको पिकनिक भ्रमण (टिकापुर) आवसिय सहित गएको र उक्त पिकनिक बाट फर्किएपछि २२ गते बुधबार खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई कार्यकक्षमा गएर केही युवाहरु द्वारा कुटपिट गरिएको घटना प्रती खजुरा गाउँपालिकामा बिहिवार मुख्य तीन राजनीतिक दलको बैठकले प्रेस बिज्ञप्ती निकालेको छ।
उक्त प्रेस बिज्ञप्तीमा लेखिएको खजुरा गाउँपालिका द्वारा बजेट बिनियोजन गरेर आयोजना गरिएको पिकनिक बाट भएको सम्पुर्ण घटना बारे सत्य तथ्य छानबिन गरि दोषीमाथी कार्बाही गर्ने सम्बन्धित निकाय हुँदाहुँदै केहि अराजक युवाहरूले खजुरा गाउँपालिका प्रमुखको कार्यकक्षमा लिएर पुष्ठि हुनु पुर्बनै कर्मचारीलाई कुटपिट गर्दा समेत स्थानीय सरकारले केही गर्न नसक्नु खेद प्रकट गर्दछौं ।
दोषीलाई छानबिन गरि कडा भन्दा कडा कार्बाहीको माग गर्दछौं यदि यस्तो घटनालाई सामान्य रूपमा लिए हामी खजुराका मुख्य राजनीतिक दल नेपाली काङ्ग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजाली नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका सचीव धनराम ओलि र नेकपा एकीकृत समाजवादी खजुरा गाउँपालिका अध्यक्ष जित बहादुर खत्रीको सयुक्त हस्ताक्षरमा उल्लेख गरिएको छ।
यदि यस घटनालाई गम्भीरता पुर्बक नलिए राजनीतिक दल जस्तोसुकै कदम चाल्न बाध्य हुने छ जसको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने लेखिएको छ।