Thursday, December 26, 2024
spot_imgspot_img
Homeमनाेरञ्जनछाडा पशु चौपाय ट्राफिक प्रहरीलाई चुनौती

छाडा पशु चौपाय ट्राफिक प्रहरीलाई चुनौती

कोहलपुर ७ असोज
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले छाडा पशुचौपाय ट्राफिक प्रहरीलाई चुनौतीको विषय रहेका बताएका छन । आदर्श आवाज संगको कुराकानीमा प्रमुख भण्डारीले छाडा पशुचौपायका कारण सडकमा सवारी दुर्घटना बढ्नुका साथै सवारी आवागमन समस्या भईरहेको बताए । रातको समयमा त कोहलपुर नेपालगज सडक खण्डमा यात्रा गर्न गाह्रो छ ट्राफिक प्रहरीले सवारी साधान व्यवस्थापन गर्ने की छाडापशु लखेटने यस विषयमा स्थानीय सरकार गम्भिर भएर सोच्नुपर्ने देखिन्छ उनले भने । चालु आर्थिक वर्षमाको साउन र भदौमा मात्र सवारी दुर्घनामा ९ वटा पशुचौयाको मृत्यु भएको छ भने ३ वटा पशुचौपाय घाइते भएका छन भने २ महिनाको अवधिमा ९ जनाको ज्यान गएको तथ्याड्ढे छ प्रमुख भण्डारीले पछिल्लो समयमा कोहलपुर र नेपालगजको ट्राफिक व्यवस्थापनमा सुधार भएको बताए ।
उनले कोहलपुरको ट्राफिक व्यस्थापन राम्रो बनाउन कोहलपुर चौराहको चारैतिर ५ सय मिटर दुरी भित्र कुनै पनि सवारी साधन रोक्न नपाईने र यदी राकेको खण्डमा १५ सय जरिवाना अनिवार्य तिर्नुपर्ने बताए । साथै कोहलपुर क्षेत्रमा चल्ने ई–रिक्सा र अटोरिक्साहरुलाई पार्किङको लागी स्थानहरु छुटयाइएको र सोही स्थानबाट छुट्ने गरेका कारण पनि ट्राफिक व्यवस्थापनमा राम्रो भएको बताए । त्यस्तै उनले चालु आर्थिक वर्षको साउन महिनामा ३ हजार १ सय ७० सावारी साधनलाई कारबाही गरिएको र १८ लाख ५ हजार र भदौमा ३ हजार ५ सय ८५ सवारी साधन कारबाहीमा परेको र सो वापत १९ लाख ५५ हजार राजश्व संकलन भएको जानकारी दिए ।
त्यस्तै उनले ट्राफिक प्रहरीलाई बेला बेलामा आम नागरिकहरु संग सभ्य भाषाको प्रयोग गर्न समेत निर्देशन गरिरहेको बताए । स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाल निकायको चौतर्फी सहयोग भइरहेको बताउदै उनले विद्यालय स्तरमा नियमित ट्राफिक शिक्षा संचालन गर्न आवश्यक रहेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments