Friday, December 27, 2024
spot_imgspot_img
Homeस‌स्कृतिकलाजनताका लोकप्रिय वडा अध्यक्ष: सिंह

जनताका लोकप्रिय वडा अध्यक्ष: सिंह

बैजनाथ १७ भदौ

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष काली बहादुर सिंहले आफुले जनतालाई चुनावमा गरेका प्रतिबद्धता पूरा गरेको बताउँछन् ।वडा अध्यक्ष सिंह सैन्य सेवामा रहेर २० बर्ष देशको सेवा समेत गरिसकेका स्थानीय चुनावमा वडा अध्यक्षको चुनावमा बिजयी भएका हुन् ।

स्थानीय चुनावमा निर्बाचित भएको ४ बर्षमा सबै चुनावी प्रतिबद्धता पूरा भएका छन् । चुनावी प्रतिबद्धता मात्र नभएर जनताको आवश्यकताको आधारमा पनि विकाश गरिएको छ।पहिले सैनिक सेवामा भएका कारण पनि काम गर्ने तरिका कार्यसैली अन्य वडा अध्यक्ष भन्दा सिंहको बेग्लै पाईन्छ।अध्यक्ष सिँह भन्छन् जनता सबै बराबर हुन यो पार्टी त्यो पार्टी कहिल्यै भनिएन । अनुदान बितरन गर्दा पनि आफ्नो नजिकको नभएर काम गर्ने मेहनतिलाई दिएको पाईएको छ।

गत शनिबार सार्बजनिक बिदाको दिन वडा कार्यालय बन्द थियो तर वडा अध्यक्ष सिंह भने आफ्नो वडाबासीको घर घरमा पुगेर के कस्तो छ स्थानीय सरकारले दिएको सेवा प्रभावकारी छ कि छैन केही सुधार गर्नुपर्ने छ कि भनेर सोधपुछ गर्दै थिए ।स्थानीय नागरिक भन्छन् हाम्रो वडा अध्यक्ष धेरै राम्रो हुनुहुन्छ ।किन राम्रो हुनुहुन्छ भनेर सोध्दा स्थानीय कृषक कन्हैयालाल थारु भन्छन् स्थानीय सरकारले अनुदान र प्राबिधिक सहयोग गरेको छ बिदाको दिन अध्यक्ष हाम्रो घरतिर के कस्तो छ भनेर आउनु हुन्छ।हामीलाई उहाँको शब्द शब्दले उर्जा प्रदान गर्छ ।
अर्का कृषक गोबिन्द थारु भन्छन् वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा ५ बर्ष बसे तर सोचेजस्तो उपलब्धि भएन। एउटा त घर परिवार देखी अलग अनि घरमा के कस्तो छ फोनको भरमा हुन्थ्यो त्यहाँको दु:ख सम्झदा यो वैदेशिक रोजगारीमा आउने लगानी गाउँमै गरेको भए यस्तो दु:ख भोग्नुपर्ने थिएन । हाल उनी बंगुर पालन गरेर गाउँमै बस्छन् ।करिब २०वटा बंगुर छन् बर्षमा सबै खर्च कटाएर ४-६ लाख बचत गर्ने गरेको पाईयो वडा अध्यक्ष सिँहले आफै गोबिन्दको घरमा गएर अनुदान लिन भन्नुभयो र दिनु भयो त्यसका लागि अध्यक्ष ज्यु लाई धेरै धेरै धन्यवाद जनप्रतिनिधि होस त हाम्रो वडा अध्यक्ष जस्तो शनिबार या कुनै बिदाको समयमा हाम्रो फार्ममा आएर केही समस्या छ कि भन्नुहुन्छ ।अर्का कृषक मोहन भण्डारी भन्छन् जसरी वडा अध्यक्ष के कस्तो छ भनेर आउनु हुन्छ त्यसैगरी वडा सदस्यहरु पनि आउनु हुन्छ सबैले हामीलाई प्रोत्साहन गर्नु हुन्छ।भन्नुहुन्छ अनुदानको लागि भनेर हैन म उद्यम गर्छु ब्यवसायी बन्छु ब्यवसायिक तरकारीखेती अथवा पशुपालन गर्छौ हामी माटाेमा मेहनत गर्न तयार छु भनेर आउनुहोस् स्थानीय सरकार तपाईंको साथमा छ भन्नुहुन्छ हामीले धेरै राम्रो जनप्रतिनिधि पाएका छौँ ।

बैजनाथ गाउँपालिका ४ का वडा अध्यक्षलाई हाम्रो वडामा आउनु यस्तै काम गर्ने अध्यक्ष हामीलाई आवश्यक छ भन्छन् ।जनप्रतिनिधि होस् त काली बहादुर सिंह र उहाँको टिम जस्तो स्थानीय जनप्रतिनिधि धेरै ठाँउमा हुनुहुन्छ धेरै उदाहरणका काम गरेको पाईन्छ। यसबाट सबैलाई प्रेरणा मिल्नुपर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments