Sunday, December 8, 2024
spot_imgspot_img
Homeयुनिक गतिबिधिजनताको सेवा गर्ने छु,कुनैपनी सरकारी सेवा सुबिधा लिने छैन:युगान्त

जनताको सेवा गर्ने छु,कुनैपनी सरकारी सेवा सुबिधा लिने छैन:युगान्त

बैजनाथ सम्बादाता/स्थानीय निर्वाचनको माहोल सँगै गाउँ टाेल नगर चिया चौतारा जत्ताततै अबको उम्मेदवार जनताको प्रीय छ। जनपक्षीय काममा अग्रसर लोकप्रछ। बिकाशमुखी लोकप्रिय स्थानीय जनप्रतिनिधि ल्याउने बारे चर्चा चलिरहेको बेला बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र बहादुर शाह (युगान्त)ले आफू निर्वाचन भए सरकार बाट पाउने सेवा सुबिधा नलिने घोषणा गर्नुभएको छ।

शाह १८ वर्षको उमेरमा बन्दुक बोकेर देश परिवर्तनको लागि तानाशाह बिरुद्ध युद्ध लडेको एउटा योद्धा हुनुहुन्छ। २४ वर्षको उमेर सैन्य कार्यकुशलताका साथ बिग्रेड कमाण्डरको रूपमा सैन्य कमान्ड सम्हाल्नुभएको थियो।
शाह कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा जन्मिएको शाह खलकको एउटा योद्वा हुनुहुन्छ । देशमा सामन्ती सत्ताको बिरोधमा निरन्तर नेकपा माओवादी केन्द्रले शुरु गरेको जनयुद्धमा सहभागी भएर सेनाको उच्च कमान्ड सम्हालेका एक कुशल सैन्य नेतृत्व हुनुहुन्छ।

बि स २०६२/०६३ को जनआन्दोलन पछि देशमा शान्ती आयो पहिलो संबिधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६४ सालमा बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ जि गाउँमा स परिवार बसाईसराई सरेर आफ्नो सम्पुर्ण राजनीतिक जिबनलाई अझै दरिलो र बलियो बनाउन सफल शाह बैजनाथ गाउँपालिकामा कर्णालीका जिल्ला सुर्खेत दैलेख रुकुम जाजरकोट कालिकोट हुम्ला मुगु जुम्ला सल्यान लगाएतका बाक्लो बस्ती भएको स्थानीय तह भएकाले बलियो उम्मेदवारको रूपमा हेरिएको छ। विभिन्न जातजाति धर्मका स्थानीय नागरिकहरुको थलोको रूपमा नेपालको सबैभन्दा धेरै जनसंख्या भएको स्थानीय गाउँपालिका मध्ये बैजनाथ गाउँपालिका पहिलो गाउँपालिका हो।

बैजनाथमा नेकपा एकीकृत समाजावादी र नेकपा माओवादी केन्द्रको सयुक्त गठबन्धनका साझा उम्मेदवार शाह आफुले पाउने कुनैपनी सरकारी सेवा सुबिधा नलिने घोषणा गरेसँगै उक्त रकम बैजनाथबासी स्थानीय जनयुद्धका घाईते अपांङ्ग द्वंन्दपीडित बिस्तापित घर परिवार तथा अति बिपन्न गरिब बालबालिकाहरुको शिक्षामा लगानी गरेर उच्च शिक्षामा लगाउने घोषणा गर्नुभएको छ।

नेकपा माओवादी केन्द्रले जितेको स्थानीय तहको उदाहरण बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले गरेका उदाहरण दिँदै शाहले स्थानीय तह भ्रष्टाचार मुक्त दीर्घकालीन योजना निर्माण निशुल्क स्वास्थ बिमा उद्योग स्थापना गरेर रोजगारीको ग्यारेन्टी ब्यवसायिक र आधुनिक कृषि लगाएत स्थानीय सरकारले स्थानीय स्तरमा उत्पादनलाई वृद्धि गरेर महङ्गी नियन्त्रण अनाथ बालबालिकाहरुलाई पुर्ण रूपमा अभिभावकत्व लिने यी सबै कार्य गर्न सयुत्त गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै आफ्ना प्रतिबद्धता सार्बजनिक गर्नुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments