Thursday, December 26, 2024
spot_imgspot_img
Homeस‌स्कृतिकला"जिज्ञासु"काे कथासङ्ग्रह "कचहरी" विमाेचन

“जिज्ञासु”काे कथासङ्ग्रह “कचहरी” विमाेचन

नेपालगन्ज:कल्पना फाउन्डेसन नेपालकाे आयाेजनामा कल्पना पाैडल जिज्ञासुकाे कथासङ्ग्रह “कचहरी” विमाेचन , पुरस्कार तथा सम्मान कार्यक्रम फाउन्डेसन कि अध्यक्ष कल्पना पाैडेल जिज्ञासुकाे अध्यक्षता मा र लुम्बिनी प्रदेश विश्व विद्यालय आयाेग सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेकाे प्रमुख आतिथ्यतामा “कचहरी”कथा सङ्ग्रहकाे विमाेचन गरिएकाे छ।
उक्त कार्यक्रममा बरिस्ठ कथाकार तथा कार्यक्रमका विशिष्ट अतिथि सनत रेग्मीलाई साहित्य तर्फ ” मनिकर्णा- टीकाराम स्मृति पुरस्कार प्रदान गरिएकाे थियाे। समाज सेवा तर्फ ” देउकला- टीकानिधि स्मृति पुरस्कार द्वारा मानवसेवा आश्रम नेपालगन्ज लाई सम्मान गरिएकाे थियाे।
चरित्रा शाहले “कचहरी” कथासङ्ग्रहकाे परिचयात्मक ब्याख्या सहित शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका अतिथि बक्ताहरु किरण आचार्य,खगेन्द्र गिरी काेपिला,पङ्कज श्रेष्ठ ,मणि अर्याल, डा.ईन्द्र बहादुर भन्डारी, हरि तिमिल्सिना,उर्विन सापकाेटा,बिशिष्ठ अतिथि प्राज्ञ शशिराम कार्की,सनत रेग्मी र प्रमुख अतिथि प्रा. डा. कृष्ण प्रसाद घिमिरेले कचहरी कथासङ्ग्रहमा रहेका १५ वटै कथाहरुले समाजकाे यथार्थ चित्रण गर्न सफल भएकाे, उत्पिडनमा परेका महिला, बृद्धाहरुका समस्या, वैदेशिक राेजगारका समस्या, मदेशी, मुस्लिम,थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषय बस्तु बनाएर कथाकाे वुनाेटमा बुनियकाेले कथाहरु पठनिय रहेकाे ,विषयबस्तु महिला बादी र प्रगतिबादी रहेकाे , विषय बस्तु र भाषा शैलिकाे हिसाबले कथा उत्कृष्ट रहेकाे भन्दै कृतिकारलाई बधाई तथा कृति सफलताकाे शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे।
हिमालय टाईम्स का बरिस्ठ पत्रकार पुरुसाेत्त्म दाहालकाे समेत उपस्थित रहेकाे थियो। कार्यक्रममा ऋषिराम सापकोटाले स्वागत मन्तब्य दिनुभएकाे थियाे।
कार्यक्रम सन्चालन संथाका सचिव लेकप्रसाद प्याकुरेलले गर्नुभएकाे थियाे भने संथाकी अध्यक्ष तथा कृतिकार कल्पना पाैडेल “जिज्ञासु” ले आफ्नाे कृतिकाे बारेमा सन्छिप्त जानकारी गराउँदै उपस्थित सबैलाई ब्यक्ति एवं संथालाई बधाईका साथै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments