काठमान्डौ:आइतबार नेपाली कांग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरी, थारु कल्याणकारिणी सभाको केन्द्रिय महामन्त्री प्रेमी लाल चौधरी र नेपाल थारु संघको केन्द्रिय अध्यक्ष शिव नारायण चौधरीको नेतृत्वमा थारु अगुवा, बुद्धिजीवी, कानुन सल्लाहकारको साथमा नेपालको संबिधान २०७२ को अनुसार थारु,समाबेशी आरक्षणको व्यवस्था कार्यान्वयन कानुनमार्फत थारु आरक्षणका लागी कानुन मन्त्री गुरुङलाई विभिन्न माग सहित थारु समुदायले ध्यानाकर्षण बुझाएको छ।
संघीय निजामती सेवा ऐन तथा अन्य ऐन, नियम, विनियमसमेतका कानुनी व्यवस्थाको निर्माणलगायत आवश्यक प्रबन्ध मिलाउने कार्यमा यो फैसला प्राप्त भएको नौ महिनाभित्र सम्पन्न गराउनू पर्ने भएकोले आज पुनः थारु नेतृत्व नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारको कानुन मंत्री धनराज गुरुङ लाई ज्ञापन पत्र हस्तान्तरण गरीएको छ।कानुन मंत्री गुरुङले आफ्नै नेतृत्वमा कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थासस बाँके संयोजक बिनोद कुमार थारुले जानकारी दिनुभयो ।