बैजनाथ ३ असोज
बाँके जिल्ला बैजनाथ गाउँपालिकामा आइतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संबिधान दिवसको अवसरमा बैजनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बैजनाथ गाउँपालिका:५ बनकटुवामा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स)ले रिबन काटेर पार्टी कार्यालय स्थापना गरेका छन् ।
उक्त कार्यक्रम रामचन्द्र देवकोटाको सभा अध्यक्ष सप्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँके जिल्ला क्षेत्र न.३ क ईन्चार्ज दल सिंहनाथ योगि,जिल्ला सचिवालय सदस्य रेनुका खड्का जिल्ला समन्वय सदस्य देब रावत,दिपेन्द्र शाह (युगान्त) वाईसीएल केन्द्रिय सदस्य मनिषा चनारा वाईसीएल बैजनाथ गाउँपालिका अध्यक्ष मधु रिजाल लगाएत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथी नरेन्द्र पान्डे (जेम्स)ले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बैजनाथमा पार्टी पंक्ति र जनबर्गिय संगठन बिस्तार गर्ने पुर्णता नपाएका संगठनहरुलाई पुर्णता दिने बताए साथै युवाहरु बाट मात्र समाज परिवर्तन हुनेभएकाले अब युवा बिद्यार्थि महिला दलित सबै संगठनहरुले पार्टीलाई मजबुत बनाउनु का साथै संबिधान दिवसको अवसरमा सम्पुर्ण देशवासिहरुलाई नेपालमा संबिधान जारी गर्न नेकपा माओवादी केन्द्रले खेलेको भुमिकालाई स्थानीय जनताको जनभावना अनुसार काम गर्ने सर्बहारा मजदुरको पार्टी नेकपा माओवादी केन्द्र भएको बताए । कार्यक्रमको सन्चालन जिल्ला सदस्य एवं बैजनाथ गाउँपालिका नेकपा माओवादी केन्द्र सचीव मिरा कार्कीले गरेको जिल्ला कमिटी सदस्य जय बहादुर बि क (प्रदिप)ले जानकारी दिए।