Thursday, December 26, 2024
spot_imgspot_img
Homeसमाजन्युनीकरणनेपालगंज सिमानाकाबाट भारत छिर्नेको पिडा: भोको पेट लिएर कतिन्जेल बाच्ने

नेपालगंज सिमानाकाबाट भारत छिर्नेको पिडा: भोको पेट लिएर कतिन्जेल बाच्ने

बैजनाथ समाचार

                बाँके जिल्ला नेपालगंज : नेपालगन्जको गर्मी, कोरोनाको कहर अनि त्यसैमा लामबढ्द मानिसहरुको भीडभाडमा दैलेख नौमुलेका गगन राना र उनको साथीहरु भारत जानका लागी नेपालगंज सिमानाका जमुनामा पुगेका छन् ।

तिन महिना अघि कोरोना कहरले देश र आफ्नो जन्मभूमि फर्केका राना र उनका साथिहरु करिब तिना महिनामै कोरोना कहरकै बिच भारत फर्कनकै लागि नेपालगंज सीमानाकामा घाम खादै भारत छिर्ने प्रतिक्षामा छन् ।

उनि संगै आएका दैलेखकै हरि बिक र श्याम बिक पनि तिन महिना मै आर्थिक अवस्था र भोकको पिडा साहना नसकेर भारत फर्कने भन्दै नेपालगंज सीमानाकामा आएका छन् उनीहरु सबैको पिडा भनेको कोरोनाको त्रास भन्दा पनि भोकको त्रास ठुलो छ ।

कोरोनाले मर्ने हो होइन थाहा छैन तर नेपालमा काम नपाएकाले आफु र परिवार भोकले मर्ने पक्का छ त्यसैले जे नै होस् भारत फर्कन तयार भए, गगन रानाले बताए ।

भारतको हिमान्चल प्रदेश जानका लागि आएका उनीहरु सिमापारी साहुको गाडी पर्खेको बताउछन । उनीहरु सिमा पार गरे संगै साहुको गाडी मार्फत हिमान्चल पुग्नेछन ।

भारतको हिमान्चल स्याउको लागि प्रसिद्द छ र अहिले स्याउको सिजन भएकाले पनि भारतीय स्याउ किसान तथा ब्यापारीहरु नेपालि कामदार लिन सिमानाका सम्मै आउने गर्छन , श्याम बिकले बताए ।

विश्व जगतमा र भारत तथा नेपालमा कोरोना संक्रमण र त्रास बढे संगै भारत तथा नेपालमा लकाडाउन गरीए संगै काम बन्द हुदाँ अधिकाश भारतमा काम गर्ने नेपालिहरु नेपाल फर्किएका थिए ।

तर नेपाल फर्किएको केहि महिनामै रोजगारीको अभाव र परिवार पाल्न समस्या भए पछी उनीहरु कोरोना कहरकै बिच पुन भारत फर्कन राजि भएका छन् । ज्यानको माया र परिवार संग बस्ने मन त कसलाई हुदैन र तर भोकले परिवार नै मर्ने स्थिति आयो त्यसैले हामि संग भारत फर्कनुको कुनै विकल्प नै रहेन अछामका पूर्ण साउदले बताए । (नागरिक समाज बाट )

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments