बाँकेको कोहलपुरमा बुधबार बेलुका करिब ७:०० बजे नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको सयुक्त आयोजनामा सरकार गरेको पेट्रोलियम पदार्थ देखि खाद्यान्नमा भएको मूल्य (महङ्गी) वृद्धि सम्बन्धि बिरोध प्रदर्शन स्वरुप कोहलपुरमा राँके जुलुस निकालेको छ।
उक्त बिरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज खेमराज शर्मा अनेरास्ववियु केन्द्रिय सदस्य बाँके ईन्चार्ज सुर्य रोकाय युवा संघका नेता रमेश मिजार कुस्माखर लगाएतका युवाहरूको सहभागिता रहेको थियो।राँके जुलुस कार्यक्रम कोहलपुर न्युरोड देखि राँको सहित कोहलपुर चौराहामा पुगेर कोण सभामा परिनत भएको सभालाई केन्द्रिय सदस्य खेमराज शर्माले सम्बोधन गर्दै सरकारले गरेको मुल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन निरन्तर रुप परिवर्तन गरेर जारी राख्ने बताए।यसै अनुरुप बिहिवार बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म कुनैपनी सरकारी नम्बर पिलेटका सवारी साधन पुर्ण रूपमा बन्द गरीने कोहलपुर चौराहामा बिहान देखि नै युवा र बिद्यार्थिहरुले बिरोध गर्ने कार्यक्रम रहेको बताए।