Sunday, December 8, 2024
spot_imgspot_img
Homeपर्यटनफेडाे बाँके द्वारा बैजनाथका जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न

फेडाे बाँके द्वारा बैजनाथका जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न

बाँकेको बैजनाथ गाउँपालिकामा आइतबार  दलित महिला संघ (फेडो)ले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष  निर्वाचित वडा अध्यक्ष कार्यपालिका सदस्य र दलित महिला सदस्यहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

अध्यक्ष शाहीले दलित समुदायको अधिकार नेपालको संविधानले नै सुनिश्चित गरेकोले संविधानले ग्यारेन्टी गरेको नागरिक अधिकारको  स्थानीय सरकारले  कार्यान्वय गर्ने  प्रतिवद्धता गर्नुभयो ।साथै शाहीले  (फेडो)ले गरेका क्रियाकलाहरुमा स्थानीय सरकारको आगामी नीति तथा कार्यक्रमहरु सँग मिल्ने कार्यक्रमहरुमा समन्वय र सहकार्य हुने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रोकायले समाज रुपान्तरणमा (फेडो)ले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै  समाजमा देखिएका विभेदको अत्यका लागि स्थानीय सरकार सधै प्रतिबद्ध भएको बताउनुभयो ।

दलित महिला संघ (फेडो) बाँकेका अध्यक्ष निर्मला सुनारले दलित समुदाय पिछडा वर्गका अधिकार र जातिय छुवाछुत जस्ता जघन्य अपराध अझै समाजमा विद्यमान रहेको बताउदै त्यसलाई अत्य गर्ने दाहित्व स्थानीय सरकारको भएको बताउनुभयो । उहाँले न्यायिक पहुँचमा पिछडा वर्गकोहरुको पहुँच हुने वातावरण स्थानीय सरकारले सुनिश्चित गर्न आवश्यक रहेको  साथै कार्यक्रममा बैजनाथ गाउँपालिकामा ९ जना दलित महिला साना उद्यमीहरुलाई फेडो बाँकेले नगद २० हजार नगद प्रदान गरेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments