Friday, December 27, 2024
spot_imgspot_img
Homeस‌स्कृतिकलाबेङ्गलोरमा तिज बिशेष कार्यक्रम गर्दै:पशुपति

बेङ्गलोरमा तिज बिशेष कार्यक्रम गर्दै:पशुपति

बैजनाथ संम्बाददाता
भारत:पशुपति दर्शन ग्रुप कम्पनी प्रा.लि नेपालगन्जको आयोजनामा आगामी असोज १ गते अर्थात अंग्रेजी महिना सेप्टेम्बर १८ तारिकका दिन नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तिज बिशेष एवं लोक सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

उक्त तिज बिशेष कार्यक्रम बेङ्ग्लोर तिज धमाका २०२३ कार्यक्रम गरिने कम्पनीका प्रबन्ध संचालक बिर बहादुर सोनिले जानकारी दिनुभयो । विभिन्न रोजगारी तथा ब्यापारीक कामको शिलसिलामा भारतमा बस्दै आएका नेपाली सामुदायका विभिन्न ब्यक्ति नेपाली कलाकारहरुको बिशेष उपस्थितिमा तिज बिशेष कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

नेपाली पन झल्काउने गरी प्रवासमा बस्दै आएका नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी,कलाकार, खेलकुदप्रेमी,पत्रकार, समाजसेवी , बिद्यार्थी एवं सम्पूर्ण प्रबासीहरु जहाँ बसोबास गरेतापनि आफ्नो रितिरिवाज र कला संस्कृतिको जगर्ना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो।
उक्त तिज विशेष कार्यक्रममा मुख्य आकर्षक राष्ट्रिय कलाकार ज्योति मगर, लाल बहादुर धामी (अछामी बडडो) भावना आचार्य, शोभा त्रिपाठी र नृत्यागना दिव्या भुलको प्रस्तुति रहने हिदुस्तान टिभिका प्रतिनिधि सागर कुमारले जानकारी दिए । तिज बिशेष कार्यक्रममा जेष्ठ नागरिक र बालबालिकालाई प्रवेश शुल्क लाग्ने छैन भने अन्य दर्शकहरुको हकमा ३ सय प्रवेश शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments