Friday, December 27, 2024
spot_imgspot_img
Homeसमाजकृषिबैजनाथको पेडारी खानेपानी उपभोक्तामा हस्तान्तरण

बैजनाथको पेडारी खानेपानी उपभोक्तामा हस्तान्तरण

बाँके:बैजनाथ गाउँपालिका ७ पेडारी खानेपानी तथा सरसफाइ आयोजना “पुर्ण सरसफाइमा प्रतिबद्धता,हामी सबैको एक्यवद्धता” भन्ने मुल नाराका साथ खानेपानी अध्यक्ष देउता प्रसाद थारुको अध्यक्षता एवं बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यमा बिहिवार खानेपानी आयोजना उपभोक्ता समितिमा हस्तान्तरण भएको छ।

उक्त आयोजना हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार थारु खानेपानी डिबिजन कार्यालय नेपालगन्ज प्रतिनिधि स्थानीय जनप्रतिनिधि कर्मचारी र स्थानीयहरुको उपस्थितिमा खानेपानी हस्तान्तरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोकायले संघ र प्रदेशमा पहल गरेर बैजनाथमा नयाँ खानेपानी सेवा अनुसन्धान गर्न डिपिआर गर्न करिब ३ करोड १९ लाख बजेट प्राप्त भएको जुन बजेट मार्फत बैजनाथ ३ गाभर बैजनाथ ४ तिलकपुर बैजनाथ ६ एच गाउँमा नयाँ खानेपानी आयोजनाका लागी सम्पुर्ण बैजनाथका जनतालाई स्वच्छ खानेपानी बितरण गर्ने उदेश्यका साथ संघीय सरकार बाट बजेट प्राप्त भएको उपाध्यक्ष रोकायले जानकारी दिनुभयो ।

बैजनाथमा अलपत्र परेका अन्य खानेपानी संस्था समेत पुनः मर्मत आवश्यक बजेट ब्यवस्थापन गरेर छिटोभन्दा छिटो खानेपानी संचालनमा ल्याउन स्थानीय सरकार प्रतिबद्ध भएको उहाँले बताउनुभयो।
बैजनाथ ७ पेडारी खानेपानी तथा सरसफाइ आयोजना सबैभन्दा कान्छो खानेपानी हो । आयोजनाको काम तिब्रगतीमा सप्पन्न गरेर स्थानीय जनतालाई स्वच्छ खानेपानी बितरण शुरु गरेको एक बर्ष भएको छ।यसैगरी हाल जडान भएका ४ सय १७ खानेपानीको धारा आगामी दिनहरुमा नयाँ सदस्यलाई समेत खानेपानीको धारा आवश्यकताको आधारमा जडान गर्न स्थानीय सरकारले सहयोग गर्ने प्रमुख अतिथि रोकायले प्रतिबद्धता जाहेर गर्नुभयो।

अन्तमा सबैलाई धन्यवाद गर्दै पेडारी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष देउता प्रसाद थारुले सहयोग गर्ने प्रदेश सरकार सम्बन्धित खानेपानी कार्यालय र स्थानीय नागरिकहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समाप्त गर्नुभएको वडा अध्यक्ष दिनेश कुमार थारुले जानकारी दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments