Sunday, December 8, 2024
spot_imgspot_img
Homeसमाजकृषिबैजनाथ अध्यक्ष शाही द्वारा किसानलाई घाँसको बिउ बितरण

बैजनाथ अध्यक्ष शाही द्वारा किसानलाई घाँसको बिउ बितरण

बाँके:बैजनाथ गाउँपालिका पशु सेवा शाखा मार्फत बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथका पशुपालक किसानहरुलाई हिउँदे बर्सिम घाँसको ३५ क्विन्टल बिउँ बितरण गर्नुभएको छ।

उक्त हिउँदे बर्सिम घाँसको बिउँ माग अनुसार बैजनाथ १ चिसापानीमा ५ क्विन्टल , बैजनाथ २ डिगियामा ३ क्विन्टल , बैजनाथ ३ सुतैयामा ३ क्विन्टल, बैजनाथ ४ बानियाभारमा ५ क्विन्टल ,बैजनाथ ६ सम्झनामा ५ क्विन्टल ,बैजनाथ ७ पेडारीमा ३ क्विन्टल र बैजनाथ ८ टिटिहिरियामा ५ क्विन्टल त्यसैगरी वडा नं ५ बनकटुवा पशु सेवा शाखा बनकटुवा बाट ६ क्विन्टल गरि कुल जम्मा ३५ हिउँदे घाँस बर्सिमकाे विउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख खडक बहादुर सिंहले जानकारी दिनुभयो।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले स्थानीय किसानहरुलाई प्रोत्साहन गरेर अन्नबाली, माछा, मासु,अन्डा,दुध,दहि,घ्यू,तरकारी र फलफुल उत्पादन वृद्धि गर्ने उदेश्य रहेको बताए। कोहलपुर र नेपालगन्जमा दैनिक घर घरमा गएर बिक्रि गर्नुपर्ने बाध्यताको अन्त्य गर्न कृषि हाट बजार संचालनमा ल्याउने स्पष्ट पारेका छन् । उत्पादनलाई अझै आधुनिक तरीका बाट कृषि फलफुल तथा माछा मासु अन्डा बजार सम्म बिक्रि गर्ने र बजार मुल्य निर्धारण गर्न स्थानीय सरकारले “बिग बजेट”को ब्यवस्थापन गरेको जानकारी दिनुका साथै आफु र स्थानीय सरकार सधैं किसानहरुको पक्षमा भएको प्रतिबद्धता जाहेर गर्नुभयो ।

बैजनाथमा रहेका विभिन्न पशु पालन फार्मलाई शाखा बाट व्यवसायिक फार्मलाई ३ क्विन्टल र ४० के.जि. घाँसको विउ वितरण गरीएको थियो। अझै माग अनुसार किसानहरुका लागी थप ८ क्विन्टल हिउँदे घाँस बर्सिमकाे विउ पशु शाखा बाट थप किसानलाई विउ वितरण गरिने भएको छ। विउ वितरण कार्यक्रमकाे उद्घाटन सम्बन्धित वडामा वडा अध्यक्ष र पशु सेवाशाखामा गाउँपालिका अध्यक्ष श्री प्रकाश बहादुर शाहीले गर्नु भयकाे पशु सेवा शाखा प्रमुख सिंहले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments