Sunday, December 8, 2024
spot_imgspot_img
Homeसमाजबैजनाथ ३ मा उपाध्यक्ष रोकाय द्वारा प्रयोगशालाको उद्घाटन

बैजनाथ ३ मा उपाध्यक्ष रोकाय द्वारा प्रयोगशालाको उद्घाटन

बाँके:बैजनाथ गाउँपालिका ३ को नौवस्ता स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितीका अध्यक्ष तथा बैजनाथ गाउँ पालिका वडा न ३ का वडा अध्यक्ष श्री निखिल बैगारको अध्यक्षता र बैजनाथ गाउँ पालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्य आईतवार नौवस्ता स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको छ।

उक्त कार्यक्रममा बैजनाथ गाउँ पालिका सामाजिक बिकाश समिती सयोजक भुमिसरा रानाको बिशिस्ट आतिथ्यमा नौवस्ता स्वास्थ्य चौकी बैजनाथ ३ को नव निर्मित भवन उद्घाटनका साथै आईतवार देखि बिधिवत प्रयोगशाला सेवा संचालन तथा भवन उद्घघाटन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि ,बिशिस्ट अतिथि , अध्यक्ष लगाएतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथि रोकायले स्थानीय सरकार स्थानीय जनताको स्वास्थ्यप्रति सचेत रहेको र बैजनाथका सबै वडामा रहेका स्वास्थ्य चौकीहरुमा निशुल्क प्रयोगशाला ब्यवस्थापन गरिने बताउँदै थप सेवा सुचारू गर्न स्थानीय जनताको माग अनुसारका कार्यक्रम शिक्षामा गर्ने गरेको बताउनुभयो ।
स्वास्थ्य मानव जिबनको सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले सबैभन्दा पहिला सबै बैजनाथ बासीजनताहरुको बारेमा आफुलाई चासो र चिन्ता भएको बताउदै आगामी दिनहरुमा समेत आफु र आफ्नो सम्पुर्ण टिम सबै जनताको साथमा रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।
बैजनाथ गाउँ पालिका ३ का अध्यक्षले वडा भित्रका सम्पुर्ण नागरिक लाई सुगर जाँच निशुल्क गर्ने र वडा भित्रका सम्पुर्ण गर्भवतीहरुको गर्भास्थामा गरिने रगत का सम्पुर्ण जाँचहरु निशुल्क गरिने साथै स्थानीय अशक्त अपांगता नागरिकहरुलाइ प्रत्येक ३-३ महिनामा चिकित्सकको टाेलिलाई घर घरमा खटाएर स्वास्थ्य जाँच तथा आवश्यक उपचारको निशुल्क ब्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको जनस्वास्थ्य निरीक्षक डि बि बिस्वकर्मा ले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments