Sunday, December 8, 2024
spot_imgspot_img
Homeराष्ट्रिययस्तो छ नलगाड उपनिर्वाचनको अंकगणित

यस्तो छ नलगाड उपनिर्वाचनको अंकगणित

कुशल दर्लामी
जाजरकोट (नलगाड): नलगाड नेकपा (माओवादी केन्द्र)को आधार इलाकाको रुपमा स्थापित हुँदै आएको नाम हो । नलगाडमा मात्र माओवादीले जनयुद्धको समयमा भारी क्षती ब्यहोरो भूमि पनि हो । जाजरकोटका केही पालिकामा परिणाम कम आइरहेको समयमा नलगाडमा भने बहुमत संख्या माओवादीकै रहेको छ ।
अहिले सोही नलगाडमा उपप्रमुखको उपनिर्वाचन मंसिर १६ गते हुँदै छ । सबैको तारो अहिले नलगाड नै रहेको छ । सत्तासिन दुई दलले न्वारण देखिको बल प्रयोग गरेर नलगाडमा माओवादीको वचश्वलाई तोडने अनेक उपायमा रहेका छन् । अहिले नलगाड नगरपालिकामा माओवादीकै कार्यपालिकामा बहुमत रहेको छ । अघिल्लो चुनावमा पनि माओवादीकै भोट संख्य बढीरहेको थियो । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ भने तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । अन्य साना दलको सहभागिता भएपनि जनमतको हिसावले कम्जोर रहेको पाइएको छ ।
जनयुद्धको उदगम स्थल मध्य नलगाड पनि कम्युन सञ्चालन रहेको एक पालिका हो । विगत र वर्तमान समयमा पनि माओवादीको पहिचान देखिने गरी भएको नलगाड नै रहेको छ । कांग्रेसको उम्मेदार चन्द्रा चन्द सिंहलाई जिताउनका लागि कांग्रेस सभापति तथा पूर्वमन्त्री बेदराज सिंह , पाँचतारा संरक्षण मञ्चका अध्यक्ष तथा कांग्रेस नेता छवि पन्त , बारेकोट गाउँपालिकाका पूर्व अध्यक्ष महेन्द्र शाह लगायतका नेताहरु नलगाडमै खटिएका छन् । यो भन्दा अगाडी मनोनयका समयमा कांग्रेस प्रवक्ता डाक्टर प्रकाससरण महतको समेत नलगाड पुगेका थिए ।
माओवादी नेता शक्तिबहादुर बस्नेत नलगाड पुगेका थिए । माओवादी र कांग्रेसका जिल्ला स्तरिय नेताहरुको भारी नलगाडमा सहभागिता रहेको छ । माओवादी उम्मेदवार बनेकी देवका लामिछाने जनयुद्धमा नाफाको जिन्दगी बाचिरहेकी एक सशक्त सिपाई हुन् । अहिले सम्मा लाभको पद देखि राजनीतिक नियूक्ति सम्मा नखाएकी मध्यमा उनी पर्छिन । २०५० साल देखि प्रत्यक्ष राजनीतिमा लागेर एक वर्षको छोरीलाई जनताको माझमा जिम्म लगाई माओवादी आन्दोलनमा लागेको इतिहास रहेको छ । एमाले र माओवादीबाट उम्मेदार बन्नुभएकी देवका , सुनिताको उमेर उस्तै उस्तै रहेको छ । देवका र चन्दको माइती घर सल्यानको कुमाखमा रहेको छ । एमालेको राजनीति गर्दै आएकी सुनिता र माओवादी राजनीतिक गर्दै आउनु भएकी देवकाको संर्घषको कथा भने फरक रहेको छ । परिवर्तको क्षमा ज्यानको बाजी लगाएर युद्धबाट मुस्किलले बाँचेको जिन्दगीको देवकाको हो भने सदरमुकाममा आफ्नै घरमा कपडा पसल गरेर राजनीतिमा होमिएकी सुनिता हुन् ।
युद्ध पत्रकारिता , जनमुक्ति सेनाको कमिसार तथा महिला मुक्तीका लागि महिलाको नेतृ रुपमा देवकाको लामो इतिहास रहेको छ । कांग्रेस उम्मेदवारको राजनीतिक योगदान भने कम रहेको छ । उनी उमेरले पनि सबै भन्दा कान्छी उम्मेदवार हुन् । व्यक्तिगत काममा तल्लिन उनी राजनीतिमा पहिलो पटक आएकी हुन् । उनका श्रीमानको दिदी अर्थात उपप्रमुख सरिता सिंह भूकम्पमा परि मृत्यु भएपछि सोही ठाउँमा कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । नलगाडको १,२,३ ,४ ,५ ,६,,१०,११,१२ र १३ माओवादीको बचश्व भएका वडाहरु हुन् । वडा नम्वर ७ र ९ एमालेको बचश्व भएको वडा हो । वडा नम्वर ८ नेपाली कांग्रेसको वचश्व भएको वडा रहेको छ । शान्ति प्रक्रिया भन्दा यत्ताका वर्षहरुमा जाजरकोटको विकास माओवादी नेतृत्वको नेतृत्वबाट हुँदै आएको छ । त्यो भन्दा पहिला सल्यानको सल्लीबजारमा सडक रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments