राप्तीसोनारी २७ साउन
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ मा नेपाली काङ्ग्रेस वडा कमिटिको आयोजना वडा स्तरीय भेला प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सदस्य राप्ति सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्यमा वडा भेला सम्पन्न भएको छ।
उक्त भेलामा जिल्ला सदस्य प्रेम राज श्रेष्ठ,तुल्सी राम थारु नेपाली काङ्ग्रेस का वडा ३ का अध्यक्ष गङ्गाराम थारु पार्टी सभापति सभापति शंकर महत्तरा जनजाती संघ क्षेत्र न.1 का अध्यक्ष सन्तोष चौधरी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थितिमा राप्तिसोनारीलाई बिकाश कसरी गर्न सकिन्छ भन्ने बारे बिशेष छलफल एवं आगामी दिनमा अझ बिकास र समृद्वि र पार्टी एवं पार्टीको तर्फबाट स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई स्थानीय नागरिकप्रती उत्तरदायी र लोकप्रिय योजनाको बारेमा विशेष छलफल गरिएको थियो।भेलामा उपस्थित नेता कार्यकर्ता एवं स्थानीय नागरिकलाई स्थानीय सरकारको तर्फबाट अध्यक्ष लाहुराम थारुले जनताको हित बिकाश र जनमुखी कार्यक्रम आफुले गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ।चुनावी प्रतिबद्धता अनुसार नै आफुले काम गरेको बताउनुभयो ।