Sunday, December 8, 2024
spot_imgspot_img
HomeUncategorizedराप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा शुरु

राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा शुरु

बैजनाथ : बाँकेको राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ। सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ।

गाउँपालिकाले भूमि, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरिएको हो। गाउँपालिकाका विधायन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त विधेयकहरु पेश गरेका हुन्।

सभामा पेश गरिएका विधेयकहरू अध्ययन गर्नका लागि सभामा उपस्थित सदस्यहरुलाई वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समीक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए।

उक्त सभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित भएको जनाइएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments