Sunday, December 8, 2024
spot_imgspot_img
Homeराष्ट्रियसंगठन सुदृढ गर्दै माओबादी केन्द्र

संगठन सुदृढ गर्दै माओबादी केन्द्र

जनक रावल
जाजरकोट

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा आफ्ना संगठनहरुको भेला तिब्ररुपले गरेकोछ । नगरपालिकाको १३ नम्बर वडामा आफ्ना पार्टी संगठन र जनबर्गिय संगठनहरुको भेला प्रशिक्षण तथा सम्मेलन गरेकाहुन युद्धस्तरमा जनभेटघाट तथा संगठन सुदृढ गरिरहेको माओबादी केन्द्रले शनिबार वडा नम्बर ५ को सिर्केमा वडास्तरिय बृहत कार्यकर्ता भेला गरेको हो ।
सोही वडाका लबिसा,एरारी,भण्डारी गाउ,मुलीपोख्रा,खानटाकुरा,सिर्के लगाएतका स्थानबाट थुप्रै कार्यकर्ता सिर्केमा भेलाभएका थिए । बिगत १० बर्षे जनयुद्धको झझल्को दिनेगरी बाक्लो मात्रामा उपस्थिति रहेको कार्याकर्ता भेलामा पुराना अनुहार देखी नया अनुहार सम्म रहेकाथिए सोही भेलाइ सम्बोधन गर्न माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एबं नगर प्रमुख टेकबहादुर रावल,कर्णाली परदेश कमिटी सदस्य डम्बरबहादुर रावत,नगर कमिटी अध्यक्ष गणेश सिंह,नगर कमिटी सचीव अमरबहादुर ओली,वडा इन्चार्ज पृथ्वीबहादुर शाही,जिल्ला पार्टी सल्लाहकार शहिद परिवार जनकबहादुर शाही, जिल्ला पार्टी सल्लाहकार चन्द्रबहादुर सिंह,निर्वाचन क्षेत्रीय कमिटी सदस्य कुमार शाही लगाएतको टोलीले कार्यकर्ता भेलालाई सम्बोधन गरेकाथिए ।
१० बर्षे जनयुद्धकालमा भेरी कर्णाली प्रदेशको मोडेल जिल्ला रहेको सिर्केमा माओबादी केन्द्रले कार्यकर्ता प्रशिक्षण गरेको हो । सोही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भेलाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं नगर प्रमुख टेकबहादुर रावलले भन्नु भयो । आज भन्दा १५ बर्ष अगाडि यसै मोडेल जिल्लाको सेक्रेटरी हुदा र जाजरकोट जिल्ला जनसरकार प्रमुख हुदा देखिनै यो क्षेत्रका समुदायले ब्यबस्था परिवर्तनकालागी ठुलो योगदान गरेकाछन र यहाका जनताले राजनैतिक क्षेत्रमा सबैले शिक्षा हासिल गरिसकेकाछन । बर्ग युद्धको लडाइमा ठुलो त्याग र बलिदान गरेका यहाका जनताले अझै पनी सामाजबादी क्रान्तिको आधार तयारीको लागि आर्थिक क्रान्तिमा जुटेर निरन्तर सामाजिक,सास्कृतिक र राजनैतिक क्रान्तिकारी परिवर्तनको दिशानिर्देश गरिरहेनेछन । बिगत जनयुद्धको स्मरण गर्दै रावलले भन्नुभयो जनयुद्धको समयमा मोडेल जिल्लामा शिक्षा,स्वास्थ्य देखी सैन्य प्राबिधिक तालिम संचालन भएको सिर्केमा नेपाल भरिका हजारौं नेता तथा कार्यकर्ता जनमुक्ति सेनाले मोडेलको अबलोकन गरेको र त्यही कम्युनिस्ट साम्यबादी समाजको मोडेल आफुले यो नगरमा यतिबेला स्थापना गर्न चाहेको र एक वडामा एक नमुना गाउँ मार्फत साम्यबादी आधार निर्माणको लागि उपयुक्त हुने बताउनु भयो । आफुले २०२२ सालमा नेपालगन्जबाट नुन ल्याउनुपर्दाको कुरा स्मरण गर्दै रावलले थप्नु भयो । सयौं बर्ष शासनको बागडोर सम्हालेका पुराना शासकले एकछत्र राज गरेको तर बिकासको नाममा कुनै सिन्को सम्म नभाचिएको तर १० बर्षे जनयुद्ध पछि देशमा बिकासको क्रान्तिकारी परिवर्तन भएको जसको कारण नजिकै स्वास्थ्य,आगनमै सडक,बिधालय,वैद्युत पीउने पानी,खाद्य लगाएतका बिकासका पुर्बाधारहरुमा तिब्र परिवर्तन आएकोछ र नुन देखि सुन सम्म नजिकै घर आगनीमै आएको बताउनुभयो । जनयुद्धका सयौं अमर शहिदहरुले सुनौलो ब्यबस्था निर्माणका लागि प्राणउत्सर्ग गरेर यो नयाजनबादी ब्यबस्था ल्याएको उनै महान शहिदहरुको सम्झनामा युद्ध पर्यटन स्थल खानटाकुरामा भब्य शहिद पार्क निर्माणको ठेक्का प्रक्रियामा गएको र केही समयमानै निर्माण सुरु गरिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसबाट पार्टी परित्याग गरी वडास्तरका कार्यकर्ता ७० बर्षका कालीबहादुर वली केशब बहादुर शाहीले माओबादी केन्द्रमा पार्टी प्रवेश गरेकाथिए । कार्यकर्ता भएलामा शुभकानमा मन्तव्य दिदै शहिद नवराज शाही ( छलाङ ) का बुवा जनकबहादुर शाही ले पार्टी जब शक्त जनतासामु उपस्तिथि जनाउछ त्यतीखेर आफ्नो छोरा जनताको बिचमा बसिरहेको सम्झन्छु । अर्का शहिद केशब खड्का (ज्वाला) का भाइ लगबहादुर खड्का लगाएतले संगठन सुधार सम्बन्धि भनाई राखेको नगर अध्यक्ष गणेश सिंहले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments