Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियअक्सिजन अभाव हुन नदिन सबैले हातेमालो गर्न युवा संघ लुम्बिनी प्रदेशको अपिल

अक्सिजन अभाव हुन नदिन सबैले हातेमालो गर्न युवा संघ लुम्बिनी प्रदेशको अपिल

कोरोना उपचारको लागि आइसोलेसन सेन्टरको अभाव र त्यसको लागि जनशक्ति र उपचारमा आवश्यक पर्ने आधारभूत उपकरण र अक्सिजन सिलिन्डरको अभाव रहेको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले आज एक अपिल जारी गर्दै सबैमा सहयोगको अपिल गरेको हो ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले जारी गरेको अपिलमा अगाडी लेखिएको छ ,

कोरोना संक्रमित बिरामीहरु बेडको अभाव र अक्सिजनको अभावमा मृत्यु संग लड्दै गरेको तस्बिर सामाजिक संजालमा पोष्ट हुदाँ सम्म स्थानीय प्रसाशन, स्थानीय, प्रदेश र संघिय सरकारको  पहलकदमीमा भएको ढिला सुस्तीका कारन आम जनतामा पर्न गएको  असुबिधालाई मध्य नजर राख्दै बाँकेलाई कोरोना महामारीबाट बचाउन तपाइँ हामि युवाहरु जुट्नु पर्ने भएकोले युवा संघ नेपाल लुम्बिनी प्रदेश यो महामारी संग लड्न एकजुट हुन सबैमा अपिल गर्दछ ।

बाके जिल्ला अझ बिशेषगरि नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमण र मृत्युको सिलसिलालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले यो बिषम परिस्थितिमा सबैले सहयोग र सहकार्य गर्न जरुरी रहेकाले त्यसको लागि अपिल गरेको हो ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले आज एक अपिल जारी गर्दै अहिलेको बिषम परिस्थितिमा युवा संघमा आस्था राख्ने मात्र नभई सम्पुर्ण न्याय प्रेमी  युवाहरुको पहलमा  कोरना महामारीबाट बच्न जनचेतना जगाउने देखि लिएर आइसोलेसन निर्माणको लागि दबाब दिने तथा आर्थिक तथा भौतिक रुपमा आइसोलेसन सेन्टर तथा कोरोना संक्रमितको उपचार भैरहेको भेरी अस्पताल नेपालगंजलाई आवश्यक पर्ने सहयोग गरि कोरोना महामारीबाट बाँके जिल्लालाई बचाउन अपिल गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments