बैजनाथ सम्बादाता १७ असार
बाँकेको बैजनाथ गाउँपालिका वडा नं १ चिसापानी स्थित सुर्योदय मा वि का पुर्व विद्यार्थी अनुप विक्रम शाहको पहलमा विद्यालयलाई करिब १६ लाख बराबरको सामाग्री गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको रोहवरमा शैक्षिक तथा खेलकुदका सामाग्रीहरु हस्तारन्तरण गरियो।शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शाहले सो सामाग्री किन्डर हेल्फ नामक संस्थाको सहयोगमा शैक्षिक एवं खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय १ नम्बर वडा अध्यक्ष रुप बहादुर मल्ल २ नम्बर वडा अध्यक्ष राजु रुचाल संस्थाका प्रतिनिधि सुर्योदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगीसरा बि क लगाएत स्थानीय शिक्षक बिद्यार्थि अभिभावकलगाएतको उपस्थिति रहेको थियो भने सामाग्री विद्यालयका प्रधानाध्यापक दिनेश नेपालीलाई हस्तान्तरण गरिएका सामाग्री यस्ता छन्:- डेस्कटप कम्प्युटर ३ थान ल्याप्टप २ थान,प्रिन्टर १ थान, टि.टि बोर्ड २ सेट, टि.टि व्याट ४ सेट ,बास्केट बल २ सेट वाटर रिन्फाइन प्लान्ट (दुईवटा धारा सहित चिलिङ्ग मेशिन)१ वटा र बास्केट बल पोल र कोर्ट निमार्ण गरी हस्तान्तरण गरेका हुन । त्यस्तै उनले एकजना शिक्षकलाई १ महिने एडभान्स कम्प्युटर तालिम तथा महिनाको २ हजारका दरले १६ जना विद्यार्थीहरुलाई छात्रवृतिको प्रबन्ध मिलाईएको शाहले बताउनुभयो ।
शैक्षिक सामाग्री उपलब्ध गराउने संस्थालाई आफुले सम्पुर्ण गतिबिधी बारे जानकारी गरापछी संस्थाले सहयोग गरेको हो भने आफुले सानोमा अध्ययन गरेको विद्यालय र बिगतको कष्टकर अध्ययन गर्दा बोरामा बसेर अध्ययन गरेको स्मरण गर्दै त्यो बेला कुनै शेक्षिक सामाग्री नभएको अवस्था सम्झेर विद्यालयका लागी शैक्षिक सामाग्री सहयोग गरेको बताउनुभयो। आफुले अध्ययन गरेको विद्यालयमा केही गनुपर्छ भन्ने मनसायका साथ पहल गरेको सहयोग करिब १६ लाख बराबरको भएको बिवरण बिद्यालयलाई उपलब्ध गराईएको छ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले अनुप विक्रम शाहले आफु पढेको विद्यालयमा सहयोग गरेकोमा धन्यवाद दिदै आफु पनि सो विद्यलायको पुर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियते व्यक्तिगत वा पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
वडा नं १ का वडाध्यक्ष रुप बहादुर मल्लले स्थानीय सरकारले नसकेको काम शाहले गरेको भन्दै प्रशंसा गर्नुभएको थियो। वडा नं २ का वडाध्यक्ष राजु रुचालले शाहको पहलमा विद्यालयमा शैक्षिक समाग्री आउनु खुसीको कुरा भएको र युवा वर्गले आफ्नो क्षेत्रको विकासका लागी सबैले यस्तै उदाहरणका कार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बैजनाथ गाउापाालिका उपाध्यक्ष निर्मला रोकाय,विभिन्न संघ संस्थाका प्रतिनिधि, लाई धन्यवाद ब्यक्त गर्नुका साथै यस्ता सहयोगि संघ संघ संस्थाहरुलाई सधैं स्वागत गरिने बताउनु भयो।
अन्तमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बि क ले सहयोग संस्था र पहलकमी गर्ने अनुप शाहलाई बिशेष धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको सन्चालन प्रधानध्यापक नेपालिले गर्नुभएको उपाध्यक्ष निर्मला रोकायले जानकारी दिनुभयो।