Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियअनेरास्ववियुको नाममा बन्द कोठामा नाबालक बालबालिका

अनेरास्ववियुको नाममा बन्द कोठामा नाबालक बालबालिका

 

बाँके जिल्लाको बैजनाथ गाउँपालिका ६ मा बुधबार अनेरास्ववियु को नाममा श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका साना साना बालबालिकाहरुलाई नेकपा एमाले निकट अनेरास्ववियुले स्कुल पोसाकमा कक्षामा बसेका विद्यार्थी भाईबहिनीहरुलाई जबर्जस्ति राजनीतिमा तानेको तस्वीर सामाजिक संजालमा भाईरल भैरहेको छ।

उक्त तस्वीर बिकाश बिक्रम के सि को फेसबुक बालबाट सार्बजनिक गरेर अनेरास्ववियु नेरामाबी मिशन २१ दिएर पोस्ट गरेको केही समयपछि। तरुन दल बैजनाथका सभापति बैजनाथ ६ का युवा गणेश बस्नेतले राजनीतिको नाममा साना साना बालबालिकालाई प्रयोग गरेकोमा सामाजिक संजाल फेसबुक मार्फत आपत्ति जनाएका छन् । साच्चिकै गनेशले उठाएको विषय गम्भीर छ किनकि ती नाबालकहरुलाई राम्रोसँग थाहा नै छैन संगठन के हो अनेरास्ववियु के हो भनेर उनिहरुलाई मानसिक रूपमा कति असर गर्छ ।त्यसमा स्थानीय सरकार देखि स्थानीय प्रहरी प्रशासन र स्थानीय अन्य राजनीतिकर्मी कहाँ छन् ? कुन उमेर समुहको बिद्यार्थिलाई राजनीतिमा समाबेश गर्ने भनेर सबैले आँखा बन्द गरेर समर्थन गरेको देखिन्छ । कतै त्यसको सिकार आफ्नो राजनीतिक क्यारियर हुन्छ कि भनेर बल्ल एक युवाले आवाज उठाएका छन् ।

“हाम्रो समाज कतातिर जाँदै छ? हामी के गर्दै छौँ ? किन यी सब हेरेर बसेका छौँ ?गम्भीर प्रश्न चिन्ह खडा हुन्छ “।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments