बैजनाथ गाउँपालिका स्थित रहेको मानखोला बाट मंगलवार अबैध उत्खनन् गर्दै गर्दा रंगेहात ईलाका प्रहरी कार्यालय नौवस्ताले सिंङ्घम सैलिमा जे सि भि नियन्त्रनमा लिए सँगै यसरी अबैध रुपमा उत्खनन् गर्न कोई कसैलाई नियम कानुन ले छुट दिदैन नियन्त्रण लिएको जे सि भि स्थानिय सरकारलाई बुझाउछौं बाँके प्रहरी प्रमुख सन्तोस सिंह राठौरले बताउनु भयो।
ईलाका प्रहारी कार्यालय प्रमुख धन बहादुर थापा मगरको नेतृत्वमा गएको गस्तिले उक्त जे सि भि नियन्त्रणमा लिएको हो जे सि भि कोहलपुरका राजु तामाङको भएको प्रहरीले जानकारी दिएको छ ।
जे सि भि को चालक सहित नियन्त्रणमा लिएको हो।
यश अघि पनि मोरङ्ग सहित रंगेहात टिप्पर नियन्त्रणमा लिएर स्थानिय सरकारलाई बुझाएपछि जरुवाना शुल्क तिरेर उक्त गाडि छोडेको थियो । पछिल्लो क्रममा बाँके प्रहरी ले केही दिन अगाडि ६ वटा टिप्पर नियन्त्रणमा लिएर कोहलपुर नगरपालिका लाई बुझाए पनि कार्यबिधी नबनेको भनेर कोहलपुर नगरपालिकाले छोडेपछि बाँके प्रहरीलाई चौतर्फी प्रश्न खडा गरीयो जुन कोहलपुर नगरले जिम्मेवारी लिन पर्ने बाँके प्रहारी प्रमुख सन्तोष सिंह राठौरले भन्नुभयो अबैध उत्खनन गर्न कोई कसैलाई छुट नभएको र अबैध चोरी निकासी गर्नेलाई प्रहरीको काम हो नियन्त्रणमा लिने र स्थानिय सरकारलाई बुझाउने जसरी पनि राजश्य संकलन र स्थानिय जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउने समाजमा शान्ती सुरक्षा अमन चयन गर्ने काम हो नेपाल प्रहरीको काम र कर्तब्य हो त्यही पूरा गर्ने बैजनाथ सम्बाददातालाई प्रहरी प्रमुख राठौरले बताउनुभयो।