Thursday, November 21, 2024
spot_imgspot_img
Homeबिबिधआईसोलुसनमा उपचाररत परियारलाई अक्सिजनका लागि युवा द्वारा आर्थिक सहयोग

आईसोलुसनमा उपचाररत परियारलाई अक्सिजनका लागि युवा द्वारा आर्थिक सहयोग

कोहलपुर बुधबार ५ जेठ
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभार निवासी तिलक परियार कोरोना संक्रमण भएर १४ दिनदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत हुनुहुन्छ । परियार लाई अक्सिजन लगाएत अन्य औषधि उपचारका लागि बानियाभार का स्थानीय युवा तथा ब्यवसायिहरुले आफुहरुले आर्थिक संकलन गरि बुधबार अस्पतालमा पुगेर पीडित तिलक परियारको श्रीमतीलाई संकलन भएको नगत रु २१ हजार २ सय ५० युवा समाजसेवीहरु द्वारा हस्तान्तरण गरिएको हो।

उक्त रकम हस्तान्तरणमा युवा संघ नेपाल का केन्द्रिय महासचिव दिपक जि एम केन्द्रिय सचिवालय सदस्य राजु रुचाल युवा संघ बाँकेका सदस्य अगन मल्ल राजेन्द्र जंग शाही राम प्रशाद शर्मा गणेश देवकोटा सिताराम खत्री र मोतिलाल चौधरी लगाएतका ब्यक्तिहरुले सक्दो आर्थिक संकलन गरेर हस्तान्तरण गरेर युवाहर द्वारा स्वस्फूर्त रूपमा मानव सेवा को काम गरेकोमा बैजनाथ ४ का वडा अध्यक्ष काली बहादुर सिंहले युवालाई धन्यवाद व्यक्त गर्नुभएको छ।

युवा नेतृत्व अगन मल्लले बैजनाथ गाउँपालिका भित्र बसोबास गर्ने जो कोहिलाई पनि यसरी संक्रमीत भएर उपचारका लागि सहयोग आवश्यक परेको खण्डमा जुनसुकै अवस्थामा पनि युवा संघ नेपाल सहयोगमा प्रतिबद्ध भएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments