हेमन्त केसी
सुर्खेत , १५ वैशाख ः आगामी वर्षको लागि बजेटको आकार र समेटिने विषय बस्तुका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ ।
कर्णाली प्रदेशका सबै मन्त्रालयलाइ उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयबस्तु माथि आर्थिक मामिला मन्त्रालयले छलफल सुरु गरेको हो । आज मात्र जलस्रोत तथा उर्जा विकास मन्त्रालय , भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सँग छलफल भएको छ ।
आगामी आर्थिक वर्षमा आउने बजेटमा के के विषय बस्तु प्राथमिकतामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएको छ । चालु नीति तथा कार्यक्रमको प्रमुख उपलब्धी र समिक्षाको विषयमा समेत छलफल भएको छ । त्यस्तै आगामी बजेटमा निरन्तरता दिनुपर्ने नीति तथा कार्यक्रम , प्रस्तावित नीति तथा कार्यक्रम , प्रदेश बिषेश तथा रुपान्तरणकारी कार्यक्रमहरु , अपेक्षित उपलब्धी र नतिजाका विषयमा समेत व्यापक छलफल भएको छ ।
कर्णाली प्रदेशले फुकोट कर्णाली , जगदुल्ला जलाशय यूक्त जलविद्युत आयोजना लगाएतका आयोजनामा प्रदेशले शेर लगानीको विषय समेत विशेष प्राथमिकता बजेटमा रहनेछ । नेपाल सरकारको सहकार्यमा २० मगावाट सम्माका साना जलविद्युत आयोजनाको सम्भाव्यता तथा विस्तृत डिजाइनका विषयमा समेत बजेटका प्राथममिकता पाउने छलफलमा बताएको छ ।
खानेपानी र सरसफाइ सम्वन्धी ,सौर्य उर्जा बायु , वायु ग्यासलाइ प्राथमिकता दिइने छलफलमा जानकारी गराएको छ । साना सहर केन्द्रीत खानेपानी , खेतीयोग्य जमिनमा नविनतम प्राविधिको प्रयोग गरी सिंचाइ सुविधा पुर्याउने कुरामा समेत जोड दिइने छ ।
बाढी पहिरो तथा प्रकोपबाट प्रभावित भएका ठाउँमा संरक्षण गर्न समेत ध्यान दिने बताएको छ । कर्णाली , भेरी र शारदा लगाएतका नदी किनारमा सिंचाइ सुविधा पुर्याउने कुरामा जोड दिइने जानकारी गराएको छ ।