नरैनापुर शनिबार ११ बैशाख
बांके जिल्लाको नरैनापुर गाउँपालिका शनिबार बसेको बैठकले आगामी बैशाख २१ गरेसम्म सम्पुर्ण वडा कार्यालयहरु बाट प्रदान गरिने सम्पुर्न सेवाहरु बन्द गरिएको गाउँपालिका द्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
शुक्रबार कोरोना चेकजाँचका क्रममा नरैनापुरका जनप्रतिनिधि र कर्मचारीहरु गरि कुल ८ जनालाई कोरोना पोजेटिभ देखिएपछि ।आगामी बैशाख २१ गरेसम्मका लागी स्वास्थ्य सेवा र आवश्यकता अनुसार मात्र कर्मचारी परिचालन गरिने भएकाले कोरोना बाट सुरक्षीत रहन सबै सर्बसाधारनमा अपिल समेत गरिएको छ। आइतबार देखी कन्टेक ट्रसिङ सम्पर्कमा रहेका ब्यक्तिहरुलाई पहिचान गरिने भएको छ।आगामी २१ गतेसम्म लकडाउन गरिएको नरैनापुर गाउँपालिका द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।