गौरव परियार
सोमबार १४ भदौ
हिन्दू धर्मालम्वीहरुको पर्व वा संस्कृतिमा पर्ने श्रीकृष्ण जन्माष्ठमी आज देशब्यापी मनाइँदैछ । विभिन्न ठाउँमा भक्तजन हरु अाआफ्नै सुबिधा र अनुकूलतामा पूजा आजा गर्न मन्दिर पश्ने गरेका छन् । यसै दिन भगवान कृष्णको जन्म भएको भन्ने कुरा पौराणिक ग्रंथहरूमा भेटिन्छ । आजका दिन महिला वा पुरुष दुवै व्रत बस्ने पनि गर्दछन । भगवान कृष्णलाई सम्झी पूजा आराधना गरी पूरा दिन उपवास बसे घरमा सुखशान्ति अनि समृद्धि प्राप्त हुने ,घरमा भएका गर्भवती महिलाको गर्भ धारण राम्रो सँग अनुकूल रहने , आफूले जानी अन्जनी गरेका सबै पाप धुलिने र अकाल मृत्यु नहुने कुराको विश्वास राखिन्छ ।
कृष्ण जन्माष्टमीलाई , अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो।