नेपालगन्ज : बाँकेमा आज र भोलि ( गत हप्ता देखी प्रत्यक शुक्रबार र शनिबार बाँके बन्द गरिने भनिएको ) निषेधाज्ञालाई कायमै गरिएको छ ।
बाँके कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै हरेक शुक्रबार र शनिबार दुई दिन गरिने निषेधाज्ञालाई कायम गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गका अनुसार कोरोना संक्रमण थप फैलन नदिन हप्ताको दुई दिन निषेधाज्ञा जारी गरीएको हो । आज र भोलि निषेधाज्ञा जारी गरिएपछि विहिबार बाँकेमा मुख्य बजारहरुमा किनमेल गर्नेको भिड लागेको थियो ।
उता जिल्ला प्रशासन कार्यालय बाँकेले आव्हान गरेको निषेधाज्ञा प्रती भने नेपालगन्ज उद्योग बाणिज्य लगायत जनस्तरबाट सो को बिरोध समेत भएको छ ।