Thursday, December 5, 2024
spot_imgspot_img
Homeस‌स्कृतिकलाआदिवासी जनजाति महासंघले कोहलपुरमा महोत्सव लगाउने

आदिवासी जनजाति महासंघले कोहलपुरमा महोत्सव लगाउने

बाँके : काेहलपुरमा प्रथम कृषि पर्यटन प्रर्वद्वन व्यापारिक तथा सांस्कृतिक महाेत्सव ( एक्पाे-२०८१) हुने भएकाे छ ।
नेपाली आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् काेहलपुर,बाँकेकाे आयाेजनामा प्रथम कृषि पर्यटन प्रर्वद्वन व्यापारिक तथा सांस्कृतिक महाेत्सव ( एक्पाे-२०८१) हुने भएकाे हाे । नगर परिषद् तथा आयाेजक कमिटी काेहलपुरका संयाेजक कृष्णबहादुर पुनमगरका अनुसार महाेत्सव आगामी पुष ९ गतेदेखि पुष १७ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवकाे नारम `विश्व भरी फैलिएका जनजाति,हामी आदिवासी,जाेगाई राखाै भेषभुषा,भाषा,संस्कृति ´ भन्ने रहेकाे छ । उनले जनजाति र आदिवासीकाे संयुक्त संग्राहलय निर्माण गर्ने प्रमुख उद्देश्य रहेकाे बताए । उनका अनुसार महाेत्सवका मुख्य आकर्षण बाल उद्यान,कृषि प्रदर्शनी,व्यापारिक स्टल,हात्ती सफारी,उँट प्रदर्शनी,तेक्वान्दो,कराते उस्सु डेमाेरेसन प्रदर्शनी रहेका छन् ।यस्तै मगर खाना परिकार,गुरूङ खाना परिकार,शेर्पा खाना,थारू खाना,नेवार खाना तामाङ खानाका परिकार र अन्य पनि आकर्षण रहेकाे मगरकाे भनाइ छ । यसैगरी रसियन कलाकारहरूकाे प्रस्तुति साथमा विभिन्न किसिमकाे संस्कृति झल्किने स्थानीय कलाकारहरूकाे प्रस्तुति तथा लाइभ दाेहाेरी र एकल नृत्य रहनेछ । नेपाल आदिवासी जनजाति महासंघ बाँकेका उपाध्यक्ष मंगल चाैधरीले सामाजिक कार्य गर्ने उद्देश्यसहित महाेत्सव सुरू हुन लागेकाे बताए । प्रतियोगिताका व्यवस्थापक गाेपाल पुनका अनुसार अनुसार महाेत्सवकाे सुरक्षाका लागि सिसीटिभी जडान गरिनेछ । महाेत्सवमा वृद्धवृद्धा र बालबालिकालाई विशेष प्राथमिकता दिइएकाे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments