कोहलपुर
बाँके जिल्लाको निर्वाचन क्षेत्र न १ कोहलपुरमा नेपाली काङ्ग्रेस को १४ औं अधिबेशन पुर्न रूपमा सफल भएको छैन। नेपाली काङ्ग्रेस का एक नेता नाम नखुलाउने सर्तमा भन्छन् :बांकेमा केही ब्यक्तिबादी चिन्तन बोकेका नेताहरुले गर्दा नेपाली काङ्ग्रेस सिंङ्गो पार्टीपंतीलाई कसरी मिलाएर पार्टी लाई अगाडि बनाउने र आगामी निर्वाचनमा पार्टीलाई १ नम्बर बनाउने चिन्तन छोडेर बाँके क्षेत्र न १ का क्षेत्रीय सभापति माधवराम खत्रीले आफू अनुकूल नभएपछि क्रीयाशिल सदस्यता रोक्ने काम गरेको खत्रीलाई आरोप लगाएका छन् । लामो समय देखि क्रीयाशिल युवाहरूलाई हतोत्साहित पार्ने र सहमतिको नारा लगाउने तर सहमति कार्यान्वयनमा बादा गर्ने काम भएको बताए।
कतिपय युवाहरूको क्रीयाशिल आएका युवाहरूलाई पनि आफ्नो ब्यक्तिगत हितबिपरित लागेको आशंकामा क्रीयाशिल सदस्यता समेत खारेज गराउने काम गरेको आरोप लगाएका छन् ।