बाँके:खजुरा गाउँपालिका ३ खजुरा बजार नेपालगन्ज गुलरिया राजमार्ग बाट जेनिथ उच्च माध्यमिक बिद्यालय जाने बाटोको नालि निर्माणका लागी प्राबिधिक अनुमानित बजेट रु १ करोड ४० लाखमा कुल ७०० मिटर लम्बाइ दुईतिरको सडक नालि निर्माण गर्न ठेक्का हुँदा रु. ८५ लाखमा ओसिस्ट निर्माण सेवाले जिम्मेवारी पाएको छ।
ठेक्का बाट बचेको रकम बाट निर्माण गर्नेगरी
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल ईन्जिनियर सोनु शाह हार्दिका निर्माण सेवाका प्रतिनिधि लगाएत फिता लिएर नालिको क्षेत्रफल छुट्टाउने कार्य सम्पन्न भएको छ।
खजुरा गाउँपालिकामा एउटा प्राबिधिक अनुमानित बजेट बाट तिन वटा योजना सम्पन्न गरीने भएका छन् ।
उपाध्यक्ष मल्ल भन्नुहुन्छ:हामीले स्थानीय नागरिकलाई सहज र महसुस गर्ने गरी काम गरेको अनुभुती गरेका छौँ । निर्माण ब्यवसायीलाई अनलाइन मार्फत प्रतिस्पर्धामा लिएका छौँ । फलस्वरूप एउटा योजनाको रकम ले तीन वटा योजना सम्पन्न गर्दै छौँ ।त्यहि बजेटमा निर्माण सम्भव छ भने किन नगर्ने जनताको कर बाट संकलन भएको रकम जनताको हित र बिकासका लागी प्रयोग हुनपर्छ।कर्मचारीहरुको भरपुर साथ र सहयोग छ। अब निर्माण ब्यवसायीहरु पनि पाएको जिम्मेवारी समय सिमाभित्र पुरा गर्न प्रतिबद्ध हुनुहुन्छ ।
यो एउटा योजनाको बजेटमा तीन वटा योजना निर्माण गर्दा स्थानीय बासिन्दाले समेत महशुस गर्नेगरी काम गरेको हामीले विस्वास गरेका छौँ । जेनिथ देखि नेपालगन्ज गुलरिया राजमार्ग सम्म सडकनालि निर्माण गर्न आव्हान गरीएको ठेक्का टेन्डर बाट बचेको रु ५५ लाख बजेटमा पुन:मित्रलाल सापकोटाको घरदेखी नेपालगन्ज गुलरिया सडकसम्म दुईतर्फ सडक नालिको ठेक्का आव्हान गरीयो। यस पटक पनि रु. ३० लाख बजेटमा हार्दिका निर्माण सेवाले २८७ मिटर दुईतिर सडक नालि निर्माण गर्ने जिम्मेवारी पायो।
अझै सबै खर्च कट्टि गरी बचेके रु.२० लाखमा अर्को ११० मिटर दुईतीर नालि निर्माण गर्ने ठेक्का आव्हान गरिदै छ। हरी अधिकारीको घर देखि १२ कोठे हुँदै नेपालगन्ज गुलरिया सडक राजमार्ग सम्म बजेटले भ्यायसम्म नालि निर्माण गर्न ठेक्का आव्हान गर्ने तयारी रहेको खजुरा गाउँपालिका ईन्जिनियर एवं प्राबिधिक शाखा प्रमुख सोनु शाहले बताउनुभयो ।