बाँके कोहलपुर :ईलाका प्रहरी कार्यालय कोहलपुरमा धेरै जस्तो लागु औषधका मुद्दा हरु आउने गरेका छ्न । पक्राउ पर्नेहरु मध्ये प्रायजसो लागु औषध लागु औषध सम्बन्धि घटनामा सरिक भएको देखिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले प्रारम्भिक मुद्वाका आधारमा करिब ८५% लागुऔषध दुर्ब्यसनी भएको जानकारी दिनुभयो ।
ब्राउन सुगर लागु औषधको कुलतमा फसेका युवाहरु चोरीमा गर्न सरिक भएको पाईन्छ भने युवतीहरु यौनजन्य काम बाट आफ्नो आवश्यकता पुरा गर्ने गरेका पाइएको छ ।
प्रहरीका अनुसार लागु औषध प्रयोगकर्ताहरु आफ्नो लत मेटाउन विभिन्न चोरी ड्कैती लगायत बिभिन्न हर्कत गर्ने गरेको पाइएको छ । लागुपदार्थको प्रयोग कर्ताहरु सुरुमा घरमा राति आउने बाहिर जाने अध्यनमा राम्रो नतिजा नआउने ब्यक्तिगत सरसफाइ मा ध्यान नदिने ।त्यसैगरी प्राय सबैसँग झगडा गर्ने प्रफुम सेन्ट चुईगम खोलमा गाजा हालेर प्रयोग गर्ने केहि काम गर्न भनेपछि अनावश्यक मागहरु राख्ने सधैं रिसाएको जस्तो एकहोरो हुने घर परिवारलाई आफ्नो डाेज अनुसार खान पाएन भने आफ्नो हात काट्ने गरेको उदाहरण देखिएका छ्न ।
सुधारगृह सेवा मुलक हुन् र सेवा मुलक नै भनेर खोलिएका छन् । तर यहाँ सेवा भन्दापनि नाफा मुलक बनाएर चलाईएको छ।जुन सामान्य परिवारले बेहोर्न मुश्किल पर्छ। यस्तोमा स्थानीय सरकारले सुधारगृह मनोपरामर्शदाता नियुक्ति गरेर नसामुक्त गर्न सकिन्छ ।
यस्तो गर्नुमा कुलतमा परेका उमेर समुह जुन १५ बर्ष सम्मका बालबालिका ३१.४ %प्रतिशत छन् भने १५-१९ बर्ष उमेर समुहका युवा युवतीहरु ४८.९%सबैभन्दा धेरै प्रतिशतको हिसाबले छन् ।२०-२४ बर्ष उमेर समुहका १३.८% त्यसैगरी २५-२९ बर्ष उमेर समुह भबैभन्दा कम ४.९ %प्रतिशत अनुसन्धान अनुसार सार्बजनिक भएको छ।
बाँकेमा रुपैडिया-नेपालगन्ज नाका देशको मुख्य लागु औषध भित्रने मुख्य नाकामध्ये एक हो जसमा भारतीय नागरिक पनि सरिक भएको पाईन्छ ।कुल ६० मध्ये ५२ वटा मुद्वा ब्राउनसुगरका छन् जुन करिब ८५ % मुद्वा अहिलेपनि कुलत र दुर्बसनीका ईलाका प्रहरी कार्यालय कोहलपुरमा छन् ।यो उदाहरण भर्खरै कक्षा ८ को नजिता अनुसार आकलन बाट पनि गर्न सकिन्छ ।
अब कसरी लागु औषध नियन्त्रण गर्न सकिन्छ के होलान त उपाय अब लागु औषध नियन्त्रण गर्न सर्बप्रथम घर परिवार बाट नै उचित वातावरण तयार गर्न आवश्यक छ। अभिभावकहरुले आफ्ना छोराछोरीको ब्यवहार परिवर्तन हुँदै गएको भए सुक्ष्म तरिकाले बुझ्ने कस्तो साथि संगती छन् ।को को साथि छन् उनिहरु के गर्छन् कहाँ कहाँ जान्छन् यो सबै नियन्त्रणमा भयो भने दुर्ब्यसनीमा फस्न बाट बचाउन सकिन्छ ।