बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले नक्कली सुन सहित ७ जना लाई पक्राऊ गरेको छ ।पक्राऊ पर्नेमा, कोहलपुर २ का वर्ष ४२ की निर्मला बोहरा र ऐ. ऐ. ६ बस्ने बर्ष २३ की मनुराधा बपाल मगर, खजुरा २ बस्ने वर्ष ३८ को तिलक सुनार, जिल्ला अर्घाखाँची घर भई कोहलपुर ११ बस्ने बर्ष ३३ को सन्तोष सुनार, १ बस्ने बर्ष २७ को नवराज विश्वकर्मा, बैजनाथ २ बस्ने बर्ष १९ को दिनेश सुनार र जिल्ला पाल्पा भवुनपईखरी गाउँपालिका ६ बस्ने बर्ष २१ को बाबुराम सुनार रहेका छन ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राऊ गरेको हो ।जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ६ सम्झना बजारमा नक्कली सुनका गरगहनाहरु सुन पसलमा बिक्री गरी रकम ठगी गरिरहेका छन भन्ने सूचनाको आधारमा दिउँसो अन्दाजी ४ बजे तिर नक्कली सुन सहित पक्राऊ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख मल्लले जानकारी दिनुभएको छ।
उनीहरूको साथबाट सुन जस्तो देखिने छड्के तिलहरी ३ पिस, सुन जस्तो देखिने माईली तिलहरी १६ पिस, सुनको जस्तो देखिने चुरा (बाला)-८पिस, सुनजस्तो देखिने मरहरी -१ जोडी, सुनजस्तो देखिने जुली-१ जोडी, चाँदीको जस्तो देखिने चुरा १ जोडी, चिप्टी- २ थान, सुन काट्ने कैची २ थान, हतौडा १ वटा, सनासो-१ वटा, पित्तलको पाता १ पिस, औठी बनाउने फलामको डण्डी १ वटा, ताल बराही ज्वैलर्स लेखेको ठेली १ थान, मालिका सुनचाँदी पसलको ठेली १ थान, पञ्चमुखी ज्वैलर्स लेखेको ठेली १ थान, सुन पगाल्ने ग्यास पप्प थान-१. सुन सुकाउने पम्प १ थान, नगद रु.४०,०००/- (चालिस हजार) प्रहरीले बरामद गरेको छ ।
ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। तर सुन हो या होईन तथ्य पता लगाउन मेसिनमा टंच गरेको रिपोर्ट भने प्रहरीले सार्बजनिक गरेको छैन । अब यसरी पक्राउ गरेर सुन जस्तो भनिएता पनि सुन नै हो या पहेलो धातु तथ्य पता लगाउन कति समय लाग्ने हो हेर्न भने बाँकी नै छ।