कोहलपुर
बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा कोहलपुर नगरपालिका १२ निवासी बर्ष ४७ को कृष्ण लाल कुवर ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेको शौचालयको भेन्टिलेसनको फलाममा गम्छा टि जर्ट जस्तो देखिने सेतो कपडाको डाेरी बनाई घाँटिमा पासो लगाई झुन्डि मृत्यु भएको अवस्थामा फेला परेको छ।
कुवरलाई गत बैशाख १९ गते राती ८:२५ बजे कोहलपुर नगरपालिका १२ सुन्दरबस्ति स्थित कमला शाहीको भैंसी गोठमा कोहलपुर १२ निवासी बर्ष ७ कि बालिकालाई जबर्जस्ति करणी उधोगको बारे बालिकाकि आमाले दिएको निवेदनको आधारमा पक्राउ गरिएको थियो। करिब २० दिनको हिरासत पछि मिति २०७९ /०२/११ का दिन बिहान ५:०० बजे अचानक झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
नेपाल प्रहरीले स्थानीय नागरिकहरुको सुरक्षाको दृस्ठिकोणले नागरिकको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीको त्यो पनि थुनुवा कक्षमै मृत्यु हुनु समग्र सुरक्षा बारे प्रश्न चिन्ह खडा भएको छ। रहस्यमय मृत्यु शौचालयको भित्र चुकुल समेत लगाएको हुँदैन त्यसमा पनि करिब २० जना थुनुवा अरु छन् । नेपाल प्रहरीको क्वाटर गार्ड डिउटि समेत हुन्छ । अब बाँकेमा यसरी थुनुवा कक्षमा मृत्यु हुनलाई बाँकेको सुरक्षा माथि चुनौती थपिएको छ । अब के ईलाका ईन्चार्ज देखि सिपाही सम्म सबै अनुसन्धानमा तानिन्छन । के भन्छ मेडिकल रिपोर्टले ? बिबादास्पद बनेको छ ? मर्नुनै थियो भने यतीलामो समयसम्म किन केही भएन ? कतै अनुसन्धानको नाममा प्रहरीले मानशिक तनाव त दिएको थिएन ? धेरै रहस्यहरु हुन सक्छन !
मृतकका आफन्तको आरोप छ कि यो मारिएको हो मरेको हैन ? यता प्रहरी भन्छ अनुसन्धान समिति निर्माण भएको छ।सबै रिपोर्ट समितिले तयार पार्छ लुकेको कुरो के हो ? अब के नागरिक सुरक्षीत छन् त ? यावत प्रश्नहरुको जवाफ खोज्ने छौँ !
अन्य थुनुवाका अनुसार बिहान ४:०० बजेसम्म उनिसँग कुराकानी हुन्छ।तर उनी शौचालय गएपछि कहिले फिर्ता नहुने गरि ५:०० बजे हेर्दा संसार देखि बिदा लिई सकेका हुन्छन् ।यसरी एक साता नबित्दै हिरासत भित्र बाँकेमा यो पहिलो घटना भने हैन तर जहाँ २४ घन्टा नेपाल प्रहरीले सुरक्षा दिन्छ त्यहाँ यसरी मृत्यु हुनुलाई सामान्य लिन सकिँदैन।
अझैं रहस्यको कुरा त के छ भने उनिलाई लेख्न आउँदैन तर श्रीमतीको नाममा चिट्ठी लेखेर एकपाना छोडेर जान्छन् ..कस्ले लेख्यो त्यो चिट्ठी ? कापी कलम कस्ले दियो जबकी हिरासतको थुनामा लिंदा यी सबै बाहिर राखिन्छ यी सबै प्रश्नहरुको जवाफ कस्ले दिने ?