Saturday, November 23, 2024
spot_imgspot_img
Homeसमाजशिक्षाउपचाररत परियारलाई क्लब द्वारा सहयोग

उपचाररत परियारलाई क्लब द्वारा सहयोग

 

कोहलपुर शुक्रबार ३१ बैशाख

बाँके जिल्लाको कोहलपुर नगरपालिका  ११ शान्तिनगर  निवासि खले दमाईका छोरा मंगले परियार लाई  उपचाररत समाज सुुधार युवा क्लबको पहलमा आर्थिक सहयोग  गरििएकोछ।

परियारलाई गत सप्ताहदेखी दायाँ खुट्टाको अप्रेसनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि सोमबार देखि  भर्ना गरिएको छ। खले दमाई जो आफै एउटा वृद्ध छन् तर पनि आफ्नो चुलो बाल्न दैनिक ज्यालादारी गर्नुका साथै कोहलपुरमा रहेका विभिन्न ब्यापार ब्यवसायीहरुको पसलमा पल्लिदारी गर्ने गर्छन् ।आफुले दैनिक गर्ने ज्यालाको काम नपाएपछि कोहलपुर  चौराहमा बसेर  आवत जावत गर्ने यात्रीलाईपानी बिक्रि गर्ने मौसम अनुसार आईसक्रीम बिक्री गरेर बिहान बेलुका चुलो बाल्ने गर्छन् ।

दमाई उहाँको छोरा बर्ष १३ को  मंङ्गले परियारको खुट्टामा इन्फेकसन भयका कारण अस्पतालका  चिकित्सकको सल्लाह अनुसार समयमा उपचार नभए खुट्टा नैै काटेर फाल्ने सम्भावना भएपछि । सेवानै धर्म भनी “अव्यवस्थित भुमिहिन सुकुम्बासी समिती र समाज सुधार युवा  क्लब” को सहकार्यमा सबै सहयोगी हातहरुलाई सहयोग गर्न अनुरोधमा शान्तिनगरबाासी द्वारा १२ हजार २५ रुपैयाँ उपचाररत खले दमाई  क्लबका सचीव दिवश घर्तीमगर र समाज सुधार  युवा क्लबका काेषाध्यक्ष बिजय पुन द्वारा अस्पतालमा गएर सहयोग रकम हस्तान्तरण गरिएको क्लबका सचीव घर्तीले बताए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments