बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ६ सम्झना स्थित शक्ति समुहको आयोजनामा भएको कार्यक्रमको तुलसा ज्ञवालीको अध्यक्षता एवं वडा अध्यक्ष भद्र बहादुर बस्नेतको प्रमुख आतिथ्य मानव बेचबिखन तथा ओसार-पसार नियन्त्रण विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रममा वडा सदस्य दयाराम थारु पुतली हमाल पुतली सुनार स्थानीय समाजसेवी मन्दिरा रिमाल कमला बि क
लगाएत मानव बेचबिखन तथा ओसार-पसार नियन्त्रण स्थानीय समितिका पदाधिकारीहरुलाई एक दिने अन्तरक्रिया पुनःताजगी कार्यक्रम सप्पन्न भएको छ उक्त कार्यक्रममा बेचबिखन बाट कसरी रोकथाम कसरी गर्ने भन्ने बारे खुल्ला छलफल भएको छ भने आर्थिक सहयोग युएसएआइडि र युकेएआईड उईनरक अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहयोग तथा शक्ति समुहको आयोजनामा भएको कार्यक्रमको सहजीकरण शक्ति समुहका अभियन्ता साधना परियारले गर्नुभएको गिता के सि ले जानकारी दिनुभयो ।