Tuesday, December 3, 2024
spot_imgspot_img
Homeराष्ट्रियएन वास अप्लिकेशन सम्वन्धी प्रशिक्षणलाइ जीवन उपभोगी बनाउन मन्त्री सिंहको सुझाव

एन वास अप्लिकेशन सम्वन्धी प्रशिक्षणलाइ जीवन उपभोगी बनाउन मन्त्री सिंहको सुझाव

सुर्खेत , ४ असार : मानिसको जीवनसँग जोडिएको खानेपानी जस्तो संवेदनशिल कुरालाइ सबैले आत्मसाथ गरी संरक्षण गर्नुपर्ने जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।
कर्णाली प्रदेशका १० जिल्लामा सुरु हुन लागेको एन वास अप्लिकेशन सञ्चालन सम्वन्धी प्रशिक्षण कार्यक्रमलाइ सम्वोधन गर्नुहुँदै मन्त्री सिंहले यो तालिमलाइ जनताको जीवन उपयोगीका रुपमा लिन समेत आग्रह गर्नुभयो । जलस्रोत तथा उर्जा विकास मन्त्रालयको आयोजनामा आज देखि सुर्खेतमा एन वास अप्लिकेशन सञ्चालन सम्वन्धी प्रशिक्षण सुरु भएको छ ।
खानेपानी तथा सरसफाइ सम्वन्धी सचेतना जगाउने र प्रशिक्षकको भूमिका रहनका लागि सुर्खेतका सबै स्थानीय तहका सूचना प्राविधि अधिकृत र प्राविधिकको सहभागीतामा कार्यक्रम सुरु भएको छ । सुर्खेतबाट सुरु भएको उक्त कार्यक्रम कर्णाली प्रदेशका १० वटा जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
शुद्ध खानेपानी पिउनका लागि गरिने बिभिन्न उपाय र दुषित पानीबाट हुने हाँनीका विषयमा समेत वृहत छलफल हुने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments