बैजनाथ–६मंसिर।
बाँकेको एभरेष्ट कृषि सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
अध्यक्ष देव बहादुर के.सी को सभापतित्वमा भएको उक्त वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले स्थानीय सरकार सहकारी नीति प्रति सदैव प्रतिवद्ध र सहकार्यका लागि आतुर रहेको बताएका छन् ।आर्थिक रुपान्तरण का लागि सहकारीले खेल्ने भूमिकाको उच्च मुल्याकन स्थानीय सरकारले सदैव गरेको र गर्ने छ रुचालले भने,आर्थिक रुपान्तरण र गरिबी निवारण गर्न स्थानीय सरकार स्थानीय सहकारीहरुसंग हातेमोलो गर्न लालाहित छ उनले भने । बाँकेको बैजनाथ गाउँपालिका कार्यथलो बनाएको एभरेष्ट सहकारीले खुद नाफा अठार लाख २९ हजार गर्न सफल भएको छ । १ हजार शेर सदस्य रहेको सहकारीले कूल बैंक मौज्दात ३ करोड १५ लाख गर्न सफल भएको लेखा समितिको संयोजक शेर बहादुर रोक्काले आर्थिक प्रतिवेदन उल्लेख गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले देशको आर्थिक मेरुण्ड बलियो बनाउन सहकारीमा आवद्ध शेर सदस्यहरु उत्पादनमा जोडिन आवश्यक रहेको औल्याए । सहकारीका अध्यक्ष देव बहादुर के.सीले सहकारी लाई थप उत्पादन मुखी र नाफा मुखी बनाउन कार्य समिति सदैव क्रियाशिल बन्ने धारणा राखे उनले स्थानीय सरकार संगको सहकार्य लाई निरन्तरता दिदै आर्थिक रुपान्तरण गर्न स्थानीय सरकारको सहयोग आवश्यक हुने धारणा राखे । वार्षिक साधारण सभामा बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष वडा न ६ का अध्यक्ष शिक्षक , समाजसेवी लगाएतले धारणा राखेका थिए ।