नेपालगन्ज २० भदौ बाँके जिल्लाको नेपालगन्ज बि.पि. चोकमा आइतबार राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक एवं खजुरा ४ का वडा अध्यक्ष तिलक वीर सुनार एवं अनेरास्ववियु बाँके का संयोजक दिनेश के सि को सयुक्त नेतृत्वमा नेकपा एमाले पार्टी केन्द्रिय कमिटी सदस्य देबराज भार,जिल्ला नेकपा एमाले पार्टी अध्यक्ष सुर्य ढकाल,राष्ट्रिय युबा संघ नेपाल का केन्द्रिय सचिव रबिन्द्र लम्साल,राष्ट्रिय युबा संघ बाँके इन्चार्ज खेम राज शर्मा,नेकपा एमाले पार्टी नेता अशोक कर्मचार्य,अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य मोहित शाह अनेरास्ववियु जिल्ला नेता अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवं बाँके इन्चार्ज बाँके जिल्ला राष्ट्रिय युबा संघका पदाधिकारी लगायत सयौंको संख्यामा युवा तथा बिद्यार्थीहरुको उपस्थितिमा मिलिएम च्यालेन्ज कर्पोरेसन(MCC)को विरुद्धमा,देश बेच्न पाइदैन ,mcc हामीलाई चाहिदैन,भन्ने मुल नारा सहित बिरोध गर्छौ।जेल हाले हाल सरकार जस्ता नाराहरु लगाइएका थिए।
,कार्यक्रमलाई राष्ट्रिय युबा संघ का केन्द्रिय सदस्य बाँके इन्चार्ज खेमराज शर्माले उक्त बिरोध सभालाई सम्बोधन गरेका थिए।
बिरोध र्यालि लाई राष्ट्रिय युबा संघ बाँके का संयोजक तिलक वीर सुनार र अनेरास्ववियु बाँके का संयोजक दिनेश के सि द्वारा सयुक्त रुपमा आ-आफ्नो तर्फबाट सम्बोधन गरेका थिए।उक्त कोण सभा कार्यक्रमलाई अनेरास्ववियुका नेता केन्द्रिय स्थायी कमिटी सदस्य मोहित शाह द्रारा संचालन गरेको जानकारी राष्ट्रिय युवा संघका नेता धन बहादुर सुनार(सान बाबू) ले जानकारी दिएका हुन ।