चिसापानी । नेपाली कांग्रेस बैजनाथ गाँउपालिका उपाध्यक्ष उम्मेदवार निर्मला रोकायले बैजनाथमा एमालेले गाँउपालिका जितेर सरकार चलाउदा जनतामुखी कार्यक्रम भन्दा कार्यकर्ता मुखी कार्यक्रम ल्याउने काम गरेको बताएकी छिन् ।
सोमबार चिसापानीमा चुनावी र्यालीलाइ सम्बोधन गर्दै रोकायले बैजनाथका जनताका चाहान अनुरुप काम नगरि व्यक्तिगत स्वार्थका लागि काम गरेको बताईन ।रोकायले भनिन् ’ चिपापानीमा जनाताले विकास चाहेको तर वडा र गाउँपमलिकाका जनप्रतिनिधि भष्टाचारका लिप्त भएको आक्षेप लगाउदै अब बैजनाथ विकास र समृद्धका लागि बैजनाथमा नेपाली कांग्रेस जित हुनुपर्ने भन्दै जनताको चाहाना अनुरुप काम गर्ने बताईन ।