बैजनाथ सम्बादाता
बाँकेको नेपालगन्जमा शनिबार बिहान ११:०० बजे सम्पुर्ण दलित सामुदायिक उपस्थितिको सूचना बैजनाथ राष्ट्रिय दैनिकले सामाजिक सन्जालमा प्रकाशीत गरिएको उपस्थित हुने बारे सूचनामा नेकपा एमाले बैजनाथ गाउँपालिका ६ नम्बर वडा अध्यक्ष पुतली हमाल जो पुर्ब बैजनाथ गाउँपालिका ६ नम्बर वडाको वडा सदस्य भएर सामाजिक पद धारण गरेको ब्यक्तीले सामाजिक सन्जाल फेसबुक बाट सम्पुर्ण दलित सामुदायको गरिमामाथी आच आउने गरि इनिहरुलाई १ हजार २ हजारमा किन्न सकिन्छ भनेर अभिव्यक्ति दिनु नेपालको संबिधान कानुन बिपरित छ।
उक्त सार्बजनिक पद धारण गरेको ब्यक्तिले कानुनमा ब्यवस्था भए भन्दा ५०% थप सजाय र जरिवानाको कुरा समेत उल्लेख गरिएको छ।यसको जिम्मेवारी नेकपा एमाले र स्वयं पुतली हमालले लिनपर्छ पद र पावरको दम्भको आधारमा कुनैपनी जातजाति धर्म सांस्कृतिक तथा सामुदायमा खलल पुर्याउने खालका अभिब्यक्ती दिन नेपालको संबिधानले नै रोक लगाएको छ।यदि कोई कसै बाट यस्तो अभिव्यक्ति आएमा समेत सजाय र जरिवाना तोकेको छ।हमालले दिएको अभिब्यक्ती अनुसार कानुनमा यस्तो ब्यवस्थाछ।
संविधान सभा सदस्य एवं पुर्ब राज्यमन्त्री दल बहादुर सुनारले ब्यक्तीगत रिस आबेगलाई समग्र दलित सामुदायलाई अपहेलित गर्ने भएकोले कानुन अनुसार सजायको भागिदार हुने बताउनुहुन्छ। बाबा विश्वकर्मा सेवा समाज नेपालका अध्यक्ष मोहन बि क यस्तो सामाजिक सहिष्णुता साम्प्रदायिक घटना निम्त्याउने खालको सामाजिक सन्जालमा दिएको हमालको अभिव्यक्तिले सिंङ्गो दलित सामुदायमाथी हमला गरेको छ पुतली हमाल र नेकपा एमालेले तुरुन्त यसलाई सार्बजनिक रूपमा माफी नमागे यश बाट उत्पन्न घटना र हुने सम्पुर्ण क्षतीको जिम्मेवारी नेकपा एमाले र स्वयं पुतली हमालको हुने बताउनु हुन्छ।
दलित अधिकारकर्मी सामाजिक अभितन्ता सरु यस्ताखाले ब्यक्तिहरुका कारण नै हाम्रो सामुदायले अहिलेपनी छुवाछूत मुक्त गरेको १६ बर्षपूरा हुँदा समेत एउटा पुर्ब जनप्रतिनिधि र नेकपा एमालेको वडा अध्यक्ष जस्तो मर्यादित पदमा बसेर उहाँलाई यस्तो सामाजिक हितबिपरित सामाजमा हिंसा तुल्याउने खालको अभिब्यक्तीले सम्पुर्ण दलित सामुदायलाई ठेस पुग्नेखालको अभिब्यक्ती बाट हुन आउने सम्पुर्ण क्षतिको जिम्मेवारी समेत सम्बन्धित पार्टी र ब्यक्तिले लिन पर्ने बताउनु हुन्छ।
पुतली हमाल भने हलुका जवाफ दिदै भन्नुहुन्छ । केहिदिन यता आफुले सामाजिक सन्जाल नचलाएको र आफ्नो श्रीमानले चलाउने गरेकोले आफुले बुझेर सच्याउने बताउनु हुन्छ।