Saturday, November 23, 2024
spot_imgspot_img
Homeबिबिधएमाले बाँकेले भन्यो, ‘विपन्नको उपचारमा दैनिक १० बेडको खर्च व्यहोर्छौ’

एमाले बाँकेले भन्यो, ‘विपन्नको उपचारमा दैनिक १० बेडको खर्च व्यहोर्छौ’

आर्थिक रुपले गरिब, विपन्न परिवारका व्यक्तिहरुले प्रयोग गरिरहेको अक्सिजनसहितको १० बेड सहयोग गर्न लागिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताए । यसका लागि एमाले बाँकेलाई जिल्ला कमिटि सदस्यहरु तथा पार्टी कार्यकर्ताहरुबाट करिब ७ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । एमाले नेता अव्दुल हुसेन खाँका अनुसार शिक्षण अस्पताल कोहलपुरमा हरेक दिन १० वटा अक्सिजनसहितको बेडको खर्च व्यहोर्ने निर्णय भएको छ ।

सरकारले सबै कोभिड विरामीहरुको सम्पूर्णरुपमा निःशुल्क उपचार गराउनुपर्ने दायित्वलाई सम्झाउन पार्टीले यो अभियान सञ्चालन गरेको एमाले बाँकेका सचिव खत्रीले बताए । जिल्लाको एकमात्र सरकारी अस्पताल भेरीले माग धान्न नसकिरहेको र निजी तवरबाट सञ्चालन भइरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सरकारले सबै खर्च उपलव्ध नगराइरहेको अवस्था रहेको छ ।

यो अभियानका लागि एमाले बाँकेले पार्टी नेता दलबहादुर सुनार र अशोक कोइराला संरक्षक तथा सचिव रत्न खत्रीको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । दैनिक संक्रमण दर पनि तीव्र गतिमा बढिरहँदा सरकार गम्भीर नभएको बताउँदै पार्टीका सचिव तथा अभियानका संयोजक खत्रीले यो अभियानमा जोडिन सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आह्वान गरेका छन् ।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर प्रवेश गरेसँगै दैनिक संक्रमण दर पनि तीव्र गतिमा बढिरहेको सबैभन्दा पहिले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य सम्बन्धी निकायले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न सम्पूर्ण जिल्लाबासीहरुमा आग्रह गर्दै उनले आवश्यक सावधानी एवं सतर्कतासहित स्वयंसेवकीय भूमिका निर्वाह गर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।सत्यपाटि बाट ….

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments