Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियओलीलाई संसदबाट फाल्न म लागेकै हो : अध्यक्ष नेपाल 

ओलीलाई संसदबाट फाल्न म लागेकै हो : अध्यक्ष नेपाल 

काठमाडौँ,भदौ १२ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँ लडेको बताएका छन् । 
पेशागत महासंघ नेपाल बागमती प्रदेशले शनिबार आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीविरुद्धको निर्णायक लडाइँ लड्ने क्रममा एमालेका दोस्रो पुस्ताका नेताले मैदान छाडेर भागेको बताए । 

‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए’, उनले भने,‘उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्यौ । त्यहीकारण ओलीले सत्ता पनि छाड्नु पर्यौ।

 नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिंडेको पनि बताए । ‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए’, दोस्रो पुस्ताका नेताबारे उनले थपे, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन । सबै खुट्टा कमाएर हिंडिसकेछन् ।’
अध्यक्ष नेपालले अघि भने ‘माथिकाले छाडे के भयो र तल तलका कार्यकर्ता मेरा सहारा हुन्’, उनले भने, ‘त्यसैले मलाई जोश बढेको छ । दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु । दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाई दिएर म बिदा हुन्छु ।’
एमाले विभाजनलाई उनले एउटा सामान्य घटना भएको बताए । त्यस्तै उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको स्पष्ट पारे । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments