Monday, November 25, 2024
spot_imgspot_img
HomeUncategorizedऔषधी खुवाउन बैजनाथको घर घरमा पुगे:स्वास्थ्यकर्मी

औषधी खुवाउन बैजनाथको घर घरमा पुगे:स्वास्थ्यकर्मी

बाँके:बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले हात्तीपाइले रोग विरुद्धको औंषधी स्थानीय नागरिकहरुको घर घरमा स्वास्थ्यकर्मी पुगेर खुवाउने कामले तीब्रता पाएको छ।

गाउँपालिका स्वास्थ्य शाखाले सबै स्थानीय नागरिकलाई जनताको घरदैलोमा पुगेर हात्तीपाइले विरुद्धको औषधी सेवन गर्ने महाअभियानमा स्थानीय जनप्रतिनिधि स्वास्थ्यकर्मी स्थानीय नागरिक लगाएत सक्रिय भएर फिल्डमा खटिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिए।

उहाँका अनुसार बैजनाथका कुल नागरिक ७१८६१ मध्ये ३२१९१ जनाले औषधि सेवन गरीसकेका छन् । अझै ३९ हजार ६ सय ७० जनाले औंषधी खान बाँकि रहेको स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments