नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)निकट दलित मुक्ति मोर्चा नेपाल का अध्यक्ष निवर्तमान प्रदेश प्रमुख माननिय तिलक परियार पुनः दोस्रोपटक कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति हुनु भएको छ।
रोल्पा जिल्लाको तत्कालीन लिवाङ्ग गा वि स वडा नं ६ मा जन्मिएका परियार नेकपा माओवादीले देशको ब्यवस्था परिवर्तनका लागि गरेको जनयुद्धमा सहभागी हुनुभएको थियो। दलितको बाहुल्यता भएको कर्णाली प्रदेशमा अब दलित सम्बन्धि नयाँ कानुन सहित राहतको आम सर्बसाधारणहरुले अपेक्षा गरिएको छ।