कारितास,करुणा र रेरिको साझेदारीमा सांकेतिक भाषा दिवस मनाईयो।
- बैजनाथ :सामाजिक सेवा दिवस तथा सांकेतिक भाषा दिवस कारितास नेपाल् ,करुणा सेवा समाज ,परिलक्षित काठमाडौं र रेरि बांकेको साझेदारिमा रेरि बांंकेको कार्यालयमा ३० जना श्रवण सम्बन्धि अपांग बालबालिकाको सहभागितामा कार्यक्रम सप्पन्न गरियो ।उक्त कार्यक्रममा करुणा सेवा समाजले श्रवण सम्बबन्धि अपाांगहरुका लागि न्यानो कपड़ा वितरण गरिएको हो।लक्षित बर्गले ६ महिने सिलाइ-कटाई तालीम लिएका श्रवण सम्बन्धि अपांगहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ। परिलक्षीले रेरि बांके संगको साझेदारी विगत १० बर्ष देखी यस् क्षेत्रका श्रवण सम्बन्धि अपाांग भएका व्यक्तिहरुका लागि शिक्षा , स्वास्थ तथा सिपमुलक तालिमका लागी निरन्तर सहयोग सहकार्य गरिरहेको छ ।
- कोभिड:१९ का कारण समस्यामा परेका अपांगता भएका परिवारको लागी राहत स्वरुप खाद्यन्न पनि उपलब्ध गराउदै आएको छ । फेरि पनि अर्को चरणमा खाद्यान्न उपलब्ध गराउने योजना रहेको जानकारी प्राप्त भएको छ।
विगत १० बर्स्ष देखि श्ररवण सम्बन्धि अपांग बालबालिकाहरुको लागि शिक्षा , स्वास्थ , खान , बस्नको लागि व्यबस्था गर्दै आयको छ । हाल सम्म २५०जना छात्र श्ररवण सम्बन्धि अपाांग छात्र , छात्राहरु यस् संस्थाबाट गुणस्तरिय शिक्षा प्रदान गरि हाल जिबिकोपर्जनका लागि व्यवसायीक सीप सिकेेर जिवनयापन गरिरहेका छन् ।आगामी दिनहरुमा पनि अध्यन पछि व्यसायिक सीप सिकाइ जिविकोपर्जन गर्न सक्षम बनाउने उदेश्यका साथ यस् रेरि बांकेले सेवामुलक कार्य गर्दै आएको छ।
- हाल ४६ जना श्रवण सम्बन्धि अपांग बालबालिकाको भविस्य निर्धारणका निम्ति शिक्षा ,स्वास्थ , खान, बस्नको राम्रो व्यवस्था गरिएको छ।