Thursday, November 21, 2024
spot_imgspot_img
HomeUncategorizedकालीगण्डकीको ऐतिहासिक,धार्मिक,सम्भ्यता जोगाउँदै पैदल मार्ग निर्माण

कालीगण्डकीको ऐतिहासिक,धार्मिक,सम्भ्यता जोगाउँदै पैदल मार्ग निर्माण

असार १० रमा भण्डारी रामपुर पाल्पा

कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ ।
विश्वको एक मात्र शालिकराम पाइने कालि गण्डकीको आफ्नै महत्व रहेको छ । कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले नगरपालिकाभित्र पर्ने नदी किनारै किनार पैदलमार्ग बनाउने योजना ल्याइएको छ । पैदलमार्गका लागि सङ्घीय समपूरक कोषबाट ६० लाख, रामपुर नगरपालिकाबाट ६० लाख गरी एक करोड २० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताए । कालीगण्डकी नदीलाई संरक्षण गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने विज्ञको भनाइ छ ।

‘कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसँग जोडियो भने आयआर्जन पनि हुने, नगरप्रमुख थापाले बताए छ । ‘रामपुर नगरपालिका–१ को स्याउली बजारदेखि वडा नं १० को सिद्धबाबा मन्दिरसम्म नदीको किनारै किनार पैदलमार्ग बन्ने अबको एक वर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना रहेको नगर प्रमुखले बताए ।’ नदीको पर्यावरणीय अस्तित्वलाई जोगाइराख्न पनि पर्यटन विकाससँग जोडेर योजना अगाडि सारिएको नगरपालिकाले जनाएको छ ।
पैदलमार्गमा साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताएका छन् । ‘पैदलमार्ग निर्माणले कालीगण्डकीको संरक्षण हुनुका साथै स्थानीयको आयआर्जनको माध्यम बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक सभ्यता बोकेको नदी हो । मुक्तिनाथदेखि देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments