कोहलपुर १० जेष्ठ २०७८, सोमबार
काेहलपुर पाेष्टर टाँसेर साँकेतिक बिराेध केकपा माओवादी केन्द्र निकट अखिल क्रातिकारीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमका विरुद्ध पम्प्लेट टाँसेर विरोध जनाएको छ । अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले चालेको कदम संविधान विपरित रहेको भन्दै सांकेतिक विरोध गरेको हो ।
विरोध स्वरुप अखिलले कोहलपुर क्षेत्रमा रहेको पोलहरुमा सांकेतिक विरोध स्वरुप पम्प्लेट टाँसेर विरोध जनाएको हो । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बीर अंकित पोस्टर टाँसिएको हो ।
‘ हामीलाई भ्याक्सिन चाहिएको हो, निर्वाचन होइन्, राष्टपतिको काम गणतन्त्र र संविधानको रक्षा गर्ने हो, तिम्रो बयलगाडा लैजाउ, हाम्रो गणतन्त्रको अपहरण नगर र केपी ओली जस्तो प्रधानमन्त्री कुनै पनि मुलुकले भोग्नु नपरोस’ भन्ने नारा लेखिएका पोस्टर काेहलपुर क्षेत्रमा रहेका पाेलहरूमा देख्न सकिन्छ ।